नेभिगेशन
सबै कुरा

सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिक सार्वजनिक

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई आज सार्वजनिक गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो । 

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब रु तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए । 

उनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रणलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर सङ्गठनले काम गरिरहेको बताए। 

परिसरलाई विनियोजित बजेटको ८० प्रतिशतभन्दा बढी साधनस्रोत र जनशक्ति शान्ति सुव्यवस्थाका लागि खर्च भइरहेको जानकारी दिँदै अधिकारीले शान्ति सुरक्षा र न्यायिक कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए । “सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउने प्रयास भइरहेको छ, राज्यले अघि सारेको विकास र खुसी प्राप्त गर्ने अभियानमा शान्ति सुरक्षा नै पहिलो शर्त हो भन्ने मान्यतालाई आत्मसात गरेका छौँ”, वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले भने ।   

परिसर मातहत करिब चार हजार जनशक्ति रहेका र सो जनशक्तिले एक हजार एक सयभन्दा बढी विषयमा नागरिकलाई सहयोग पु¥याइरहेको उहाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै