नेभिगेशन
सबै कुरा

बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । ‘दाङ जिल्ला निवासी एक बालिकालाई सोही जिल्लाका लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चार माध्ययममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको छ ।’ आयोगले जारी गरेको प्रेस नोटमा भनिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकील कार्यालयसमक्ष पेश गरेको राय सहितको प्रतिवेदन सात दिन भित्र उपलब्ध गराउन समेत पत्राचार गरेको छ । 

Ncell
Extreme Energy

लुुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएकी थिइन् । परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरेपनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाले नै काठमाडौँ महानगरको टोलीसँग गुनासो गरेकी थिइन् ।

गुनासोपश्चात महानगरको टोलीले सांसद शर्माको बालुवाटरस्थित घरबाटै बालिकाको उद्धार गरेको थियो । बालिकालाई सेफ हाउसमा राखि सांसद शर्माबाट बालिकामाथि श्रम शोषण तथा दूव्र्यवहार भएको भन्दै जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो । 

प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै पाटन उच्च अदालत पुगेकी सांसद शर्माको,  माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज भएको थियो । 

त्यसपछि उनलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटो खुलेपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । र केही दिनअघि जिल्ला र उच्च सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भईरहेको छ । 

समबन्धित समाचारः 

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

बाल श्रम शोषण कसुरमा एमाले सांसदविरुद्ध अनुसन्धान गर्न प्रहरीको आनाकानी !

नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको निर्णय

पीडित बालिकासँग माफि माग्दै बालेनले लेखे, ‘कुकर्म गर्नेहरूलाई तह लगाउन समय आउनेछ’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...