नेभिगेशन
सबै कुरा

प्रहरी कुटपिटमा संलग्न अनेरास्ववियुका नेता कमल जोशी पक्राउ

काठमाडौँ । ठमेलमा प्रहरीमाथि आक्रमण गरेको आरोप लागेका नेकपा (एमाले)को भातृसंगठन अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका एसपी अपिलराज बाेहराले जाेशी पक्राउ परेकाे पुष्टि गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माघ २४ गते गते ठमेलमा ड्युटीमा रहेका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि आक्रमण भएको थियो । उक्त घटनामा अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव रमेश फुलारा र दिनेश सिग्देललाई प्रहरीले पक्राउ गरिसकेको छ । 

Ncell
Extreme Energy

त्यस्तै अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र शौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ । 

तर सिसिटिभीमा देखिएका कमल जोशीलाई प्रहरीले फरार सूचीमा राखेको थिएन । एमाले निकट जोशीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै चर्को आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले पक्राउ गर्न निर्देशन दिएका थिए । र अहिले जोशी पक्राउ परेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...