नेभिगेशन
सबै कुरा

एमालेको युवा संघकी नेतृ नागरिकता किर्तेमा दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा

चितवन । नेकपा एमालेको युवा संगठन युवा संघकी केन्द्रीय सदस्य युवन्तिका राई नागरिकता किर्ते मुद्दामा दोषी ठहर भएकी छिन् । जिल्ला नयायाधीश केदारनाथ पौडेलको इजलासले राई सहित ७ जनालाई कसुर ठहरको फैसला गरेको हो । 

सजाय निर्धारण भने अर्को पेशीमा हुने चितवन जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । 

इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी राईले चितवनबाट २०६८ सालमा  चितवनबाट छबिलाल तामाङकी छोरी बनेर नागरिकता लिएकी थिइन् । 

तर २०७९ सालमा छबिलालले नै आफ्नो युवान्तिका नाम गरेको कुनै छोरी नभएको, आफ्नो विवरण दुरुपयोग गरी झुठा विवरणका आधारमा नागरिकता लिएको भन्दै युवन्तिकाविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । 

जाहेरीपछि  पक्राउ परेकी युबन्तिकालाई चितवन जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा छोडेको थियो । इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी युवन्तिकाले चितवनबाट छबिलाल तामाङकी छोरीका रुपमा नागरिकता लिएकी छिन् । 

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकी युवन्तिकाले आफ्ना बाबु प्रकाश राई र आमा सोमे राई इलाममा बस्दै आएको, आफ्ना बाबुुको नागरिकता नभएका कारण छबिलाल तामाङकी छोरी बनेर नागरिकता लिएको स्वीकार गरेकी थिइन् । साथै सोही नागरिकताबाट उनले पासपोर्ट समेत बनाएर विदेश आउने जाने गरेको बयानमा खुलाएकी छिन् । यस्तै उक्त नागरिकताबाट बैंकीङ कारोबार समेत गर्दै आएको उल्लेख गरेकी छिन् ।

सम्बन्धित समाचार :

बीमाको रकम र सम्पत्ति हत्याउन युवा संघकी नेतृको किर्तेमाथि किर्ते

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै