नेभिगेशन
सबै कुरा

एमालेको युवा संघकी नेतृ नागरिकता किर्तेमा दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा

चितवन । नेकपा एमालेको युवा संगठन युवा संघकी केन्द्रीय सदस्य युवन्तिका राई नागरिकता किर्ते मुद्दामा दोषी ठहर भएकी छिन् । जिल्ला नयायाधीश केदारनाथ पौडेलको इजलासले राई सहित ७ जनालाई कसुर ठहरको फैसला गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सजाय निर्धारण भने अर्को पेशीमा हुने चितवन जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । 

Ncell
Extreme Energy

इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी राईले चितवनबाट २०६८ सालमा  चितवनबाट छबिलाल तामाङकी छोरी बनेर नागरिकता लिएकी थिइन् । 

तर २०७९ सालमा छबिलालले नै आफ्नो युवान्तिका नाम गरेको कुनै छोरी नभएको, आफ्नो विवरण दुरुपयोग गरी झुठा विवरणका आधारमा नागरिकता लिएको भन्दै युवन्तिकाविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । 

जाहेरीपछि  पक्राउ परेकी युबन्तिकालाई चितवन जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा छोडेको थियो । इलामको सूर्योदय नगरपालिका १० स्थायी ठेगाना भएकी युवन्तिकाले चितवनबाट छबिलाल तामाङकी छोरीका रुपमा नागरिकता लिएकी छिन् । 

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकी युवन्तिकाले आफ्ना बाबु प्रकाश राई र आमा सोमे राई इलाममा बस्दै आएको, आफ्ना बाबुुको नागरिकता नभएका कारण छबिलाल तामाङकी छोरी बनेर नागरिकता लिएको स्वीकार गरेकी थिइन् । साथै सोही नागरिकताबाट उनले पासपोर्ट समेत बनाएर विदेश आउने जाने गरेको बयानमा खुलाएकी छिन् । यस्तै उक्त नागरिकताबाट बैंकीङ कारोबार समेत गर्दै आएको उल्लेख गरेकी छिन् ।

सम्बन्धित समाचार :

बीमाको रकम र सम्पत्ति हत्याउन युवा संघकी नेतृको किर्तेमाथि किर्ते

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...