नेभिगेशन
सबै कुरा

बाराका मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई किनबेच गर्ने प्रकरणमा संलग्न बाराको मालपोत र नापी कार्यालयका अधिकृत सहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार बिहीबार विशेष अदालतमा मालपोत कार्यालय, बारा र नापी कार्यालय, बाराका अधिकारीसहित अन्य व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

Dish Home
Global Ime Bank

मुद्दा दायर गरिएका व्यक्तिहरूमा मालपोत कार्यालय, बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय, पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुरसिमरा–१३ का लेखापढी व्यवसायी जयलाल सहनी, वडा नं. १५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनी रहेका छन् ।

उनीहरूले बाराको साविक डुमरवाना गा.वि.स.–६ स्थित जग्गाको किर्ते गरी क्षेत्रफल बढाई बिक्री गरेको अख्तियारको आरोप छ । प्रारम्भिक श्रेस्तामा ०–१–० जग्गा रहेकोमा किर्ते गरी ०–३–१० कायम गरिएको तथा अर्को ०–२–१० क्षेत्रफल रहेको जग्गालाई किर्ते गरी ०–६–० बनाई नापी र मालपोत कार्यालयको मिलेमतोमा श्रेस्ता पूर्जा तयार पारिएको अनुसन्धानबाट खुल्न आएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार प्रत्येक प्रतिवादीलाई एक लाख पचास हजार रुपैयाँ जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमालस्थल निर्माण प्रक्रियामा भएको भष्ट्राचार सम्बन्धी सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदन समितिका सभापति ऋषिकेश पोखरेललाई हस्तान्तरण गरिएको छ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा...
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह विरुद्ध २१ करोड ८९ लाख ३९ हजार...
हतकडीसहित महिला अभियुक्त फरार

हतकडीसहित महिला अभियुक्त फरार

मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई आइतबार हतकडीसहित फरार भएकी छन् ।