नेभिगेशन
सबै कुरा

नेता बन्ने लहरः स्ववियु निर्वाचनका लागि ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहले गराए दर्ता

पर्सा । त्रिभुवन विश्वविद्यालय  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुनसकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहले निर्धारित समयभित्र ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेको जानकारी दिए । “स्ववियु निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्तामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ, नेपालका अधिकांश विद्यार्थी सङ्गठनको साथसाथै विद्यार्थीहरूका विभिन्न समूहले पनि दर्ता गराउनुभएको छ”, उनले भने । 

Ncell
Extreme Energy

नेपाल विद्यार्थी सङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराममा स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको नेतृत्व विकासमा असर पार्दै आइरहेको बताए । “स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा अनुपम नमूना हो । त्यहाँबाट निर्वाचित नेतृत्वले विद्यार्थीको हकहित र समग्र क्याम्पसको विकासमा साझेदारी भएर काम गर्न सक्छन् । तर, दुर्भाग्य यहाँ निर्वाचन नहुँदा कयौँ विद्यार्थीको नेतृत्व गर्न चाहनेका लागि भने घाटा हुँदै आइरहेको छ”, उनले भने, “निर्वाचनमा जितहार सामान्य कुरा हो । लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन हुनैपर्छ । त्यसमा सबै विद्यार्थी सङ्घ, सङ्गठनले निर्वाचन प्रक्रियालाई अघि बढाउन हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।” 

त्यसैगरी, वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा पनि चार विद्यार्थी  सङ्गठनले दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने कार्यक्रम थियो ।

वीरगञ्ज नर्सिङ क्याम्पसका सूचना अधिकारी सुरेन्द्र ओझाले वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनका लागि चार विद्यार्थी सङ्गठनले दर्ता गरेको जानकारी दिए  “विहान ११ बजेदेखि तीन बजेसम्म दर्ताको समय तोकिएको थियो”, उनले भने, “निर्धारित समयमा चार विद्यार्थी सङ्गठनले दर्ता गराउनुभएको छ ।” 

क्याम्पसका अनुसार अगामी चैत ५ गते हुने निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले स्ववियु निर्वाचनका लागि सङ्घ, सङ्गठन दर्ता गरेका छन् ।

दर्ता गर्न आएका विद्यार्थी सङ्गठन आफ्ना प्रतिनिधिसहित आएका थिए । त्रिविले सार्वजनिक गरेको स्ववियुको निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने  तोकिएको छ । त्यस्तै फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय तोकेको छभने सोही दिन बेलुका ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । फागुन २६ गते बिहान ११ देखि २ बजेसम्मको अवधिमा उम्मेदवारको मनोनयपत्र वितरण गर्ने, फागुन २७ गते  उम्मेदवारको नामावली प्रकाशन गर्ने छ र चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...