नेभिगेशन
सबै कुरा

दुर्गेस र ज्योतीको लफडाः दुस्मन हेरेको हेर्यै कि दुस्मन पर्खेको पर्खै ?

काठमाडौँ । दुस्मन हेरेको हेर्यैका चर्चीत गायक दुर्गेस थापाले दाङमा आयोजित तुलसीपुर महोत्सवमा आफूले प्रस्तुति दिने कार्यक्रम ज्योति मगरले अचानक रोकेको आरोप लगाएका छन्। 

फागुन १८ गते तुलसीपुर महोत्सवमा दुर्गेस थापाको प्रस्तुत रहने भनेर प्रचार गरिएपनि १७ गते दिउँसोनै अचानक महोत्सव रोकिएपछि दुर्गेसले केही व्यक्तिहरुले कलाकारिता भन्दा बढि राजनीतिक स्वार्थमा लिप्त भएको भन्दै टिप्पणी गरेका छन् । गायक थापाले कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याएको भन्दै चित्त दुखाएका छन् ।

Dish Home
Global Ime Bank

उनले फेसबुकमा लेखेका छन्, ‘म दाङका प्रिय दर्शक भगवान्को दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुतिमार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ। तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो। मेरो भगवानरुपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो, यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनुभएछ।उहाँलाई मेरो बधाई मेरो कार्यक्रम रोक्न सफल हुनुभयो।’

उनको स्टाटस आउनुपूर्व गायिका ज्योति मगरले फेसबुकमा दुर्गेश थापाको हेलिकप्टर उड्यो कि उड्ने ? कमेन्टमा खबर पाउँ भन्दै स्टाटस राखेकी थिइन् । उनले ‘दुस्मन हेरेको र्हेयै होइन, दुस्मन पर्खेको पर्ख्यै थिए रे भन्ने हल्ला पो आयो त कता कता’ भन्दै थापामाथि व्यङ्ग्य समेत गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन ??? हल्लाखल्ला सुनिएन त कतै...कमेन्ट्मा खबर गरुम् त दंगाली सञ्चारमाध्यम हरु.... दुस्मन हेरेको र्हेयै होइन, दुस्मन पर्खेको पर्ख्यै थिए रे भन्ने हल्ला पो आयो त कता कता’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ ।
राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य

राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य

म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग...
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी श्रृंखलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् ।...
सुन्दरले ल्याए ‘बदमास’

सुन्दरले ल्याए ‘बदमास’

अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका निर्माता तथा गितरकार राजभण्डारीले आफू जहाँ भएपनि नेपाल र नेपाली संगित प्रतिको प्रेम अगाध रहेको बताए । यस अघि पनि अमेरिकामा विभिन्न सांगितक...