नेभिगेशन
समाज

पर्सामा जिल्ला प्रशासन परिसरमै आत्मदाह प्रयास गरेका मिटरब्याज पीडितकाे उद्धार

पर्सा । पर्साको वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा मिटर ब्याज पीडितले न्याय नपाएको भन्दै विष सेवन गरी पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन् । कार्यालय परिसरमै विष सेवन गर्दै पेट्रोल छर्किन लाग्दा प्रहरीले उनलाई तत्कालै उद्धार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

आत्महत्याको प्रयास गर्ने व्यक्ति बाराको पचरौता नगरपालिका घर भई हाल वीरगंज महानगरपालिका९२४ रामघरवामा बस्दै आएका २४ वर्षीय ब्रिजकिशोर प्रसाद साह रहेका छन् । उनले न्याय माग्दै पटक–पटक सरकारी निकायमा निवेदन दिए पनि सुनुवाइ नभएको भन्दै आत्महत्याको प्रयास गरेको बताइएको छ ।

पीडित साहका अनुसार, बहुदरमाई नगरपालिका डकैलाका मोहन साह तेली, पचरौता नगरपालिका बाराका धर्मेन्द्र साह कलवार, र देवेन्द्र यादवले उनलाई मानसिक यातना दिँदै लाखौँ रुपैयाँको मिटर ब्याज असुल गरेको आरोप लगाएका छन् । साहले बताएअनुसार, एक लाखको रकमको ऋण लिदा ब्याज थपिँदै गएपछि एक करोड बराबरको सम्पत्ति लिलाम गराएको आरोप छ ।

 

आईतबार मात्र पीडित मिटर ब्याजीहरू न्याय दिलाउन र जफत गरिएको सम्पत्ति फिर्ता गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका थिए  । तर, सोमबार कार्यालय परिसर मै ब्रिजकिशोर प्रसाद साह आत्महत्याको प्रयास गरेका छन् ।

घटनापछि प्रमुख जिल्ला अधिकारी अर्यालले पीडित साहको उद्धार गरी आफ्नै गाडीमार्फत नारायणी अस्पताल पुर्‍याएको बताए । हाल उनको अस्पतालमा उपचार भइरहेको छ । पीडितको गम्भीर आरोपलाई मध्यनजर गर्दै विपक्षीलाई झिकाएर अनुसन्धान गर्न आदेश दिएको प्रजिअ अर्यालले बताए । 

जिल्ला प्रशासन कार्यालयले मिटर ब्याजसँग सम्बन्धित उजुरीलाई गम्भीरतापूर्वक लिँदै कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, पर्सा प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरू माथि छानबिन सुरु गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...

भर्खरै