नेभिगेशन
समाज

बागमती प्रदेशमा मन्त्रालयहरुको विकास बजेट कटौती, मुख्यमन्त्रीलाई डेढ करोडको गाडी

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका उच्च पदस्थ व्यक्तिहरूका लागि महँगो गाडी चढ्ने कानुन बनाएर कार्यन्वयनमा ल्याएको छ । गत असोजमा आएको बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि भन्दै मन्त्रालयहरूको विकास बजेट काटिरहेको सरकारले मुख्यमन्त्री देखि मन्त्री र कर्मचारीका लागि भने गाडी सुविधाको रकम बढाउने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारले २०८१ मंसिर १३ गतेको राजपत्रमा सवारी खरीद गर्ने गरी मापदण्ड संसोधन गरेर यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थामा पुरानोको तुलनामा ५५ लाख रुपैयाँसम्म महँगोमा गाडी खरिद गर्ने व्यवस्था गरिएको छ । 

Ncell
Extreme Energy

केही समय अघि मात्रै प्रदेश सरकारले विपद कोषका लागि भन्दै आफ्ना प्रत्येक मन्त्रालय, र महाशाखाबाट २० प्रतिशत खर्च कटौती गरेको थियो । सो रकम बाढी पछिको पुननिर्माणमा खर्च हुने भनिएको थियो ।  प्रदेश सरकारले खर्च शीर्षकहरू २२२१२, २१३,२२१, ३११, ६११, ७११,५१२ र ५२२ बाट २० प्रतिशत खर्च घटाएको थियो । 

ति शीर्षकहरुमा सवारी इन्धन, सवारी मर्मत, मेसिनरी औजार मर्मत, सञ्चालन, मसलन्द, कार्यालय सामग्री, अनुगमन, मूल्याङ्कन, विविध खर्च, जनचेतनामूलक, तालिम, गोष्ठी, स्वास्थ्य, शिक्षा रहेका छन् । 

बाढी पछिको पुननिर्माणका लागि भन्दै बजेट कटौती गर्दा मन्त्रालयहरूको प्रगति खुम्चिएको छ तर सरकारका मुख्यमन्त्री, मन्त्रीहरूलाई भने डेढ करोड मूल्यसम्मको सवारी खरीद गर्ने विरोधाभास निर्णय सरकारले गरेको छ ।

यस अघिको बागमती प्रदेश सरकारको सवारी मापदण्ड(२०७४ अनुसार मुख्यमन्त्रीलाई ९५ लाख रुपैयाँ, सभामुख, उपसभामुख, मन्त्री तथा प्रमुख सचिवका लागि ८० लाख रुपैयाँ, प्रदेश सचिव ६० लाख रुपैयाँ र कार्यालय प्रमुखलाई ३० लाख रुपैयाँसम्मको सवारी खरीद गर्ने निर्देशिकामा रहेको थियो ।

तर आफ्नै राजश्व आम्दानी न्यून रहेको र सरकार सञ्चालनका लागि सङ्घीय अनुदानमा भर पर्ने बागमती प्रदेश सरकारले आफ्ना मुख्यमन्त्रीका लागि नयाँ मापदण्ड बनाएर डेढ करोड मूल्यको सुविधा सम्पन्न सवारी खरीद गर्ने भएको छ । 

२०८१ मंसिर १३ गतेको राजपत्रमा मुख्यमन्त्रीका लागि डेढ करोड रुपैयाँ, सभामुख, उपसभामुख, मन्त्री तथा प्रमुख सचिवका लागि १ करोड २० लाख रुपैयाँको गाडी खरिद गर्न सकिने उल्लेख छ । यस्तै, प्रदेश सचिवका लागि ८० लाख रुपैयाँ, कार्यालय प्रमुखलाई ५५ लाख रुपैयाँसम्मको सवारी खरीद गर्ने गरी मापदण्ड संसोधन गरिएको छ । 

बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने यो निर्णयबाट आफू पनि सन्तुष्ट नरहेको बताउँछन् । सिधाकुरासँगको टेलिफोन संवादमा मन्त्री लामिछानेले प्रदेशका कतिपय स्थानमा सिटामोल समेत नपुगेको अवस्थामा सरकारका पदाधिकारीहरूको यस्तो सेवा सुविधाले प्रदेश सरकारप्रति जनताको विश्वास गुम्ने उनले बताए । 

बागमती प्रदेशसँग रकम अभाव भएपछि सरकार सञ्चालनका लागि यस बर्ष मात्रै प्रदेशको कूल बजेटको करीब ५६ प्रतिशत रकम संघीय सरकारले उपलब्ध गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...