नेभिगेशन
मुख्य समाचार

बागमती प्रदेशमा मन्त्रालयहरुको विकास बजेट कटौती, मुख्यमन्त्रीलाई डेढ करोडको गाडी

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका उच्च पदस्थ व्यक्तिहरूका लागि महँगो गाडी चढ्ने कानुन बनाएर कार्यन्वयनमा ल्याएको छ । गत असोजमा आएको बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि भन्दै मन्त्रालयहरूको विकास बजेट काटिरहेको सरकारले मुख्यमन्त्री देखि मन्त्री र कर्मचारीका लागि भने गाडी सुविधाको रकम बढाउने निर्णय गरेको हो । 

प्रदेश सरकारले २०८१ मंसिर १३ गतेको राजपत्रमा सवारी खरीद गर्ने गरी मापदण्ड संसोधन गरेर यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थामा पुरानोको तुलनामा ५५ लाख रुपैयाँसम्म महँगोमा गाडी खरिद गर्ने व्यवस्था गरिएको छ । 

CG

केही समय अघि मात्रै प्रदेश सरकारले विपद कोषका लागि भन्दै आफ्ना प्रत्येक मन्त्रालय, र महाशाखाबाट २० प्रतिशत खर्च कटौती गरेको थियो । सो रकम बाढी पछिको पुननिर्माणमा खर्च हुने भनिएको थियो ।  प्रदेश सरकारले खर्च शीर्षकहरू २२२१२, २१३,२२१, ३११, ६११, ७११,५१२ र ५२२ बाट २० प्रतिशत खर्च घटाएको थियो । 

ति शीर्षकहरुमा सवारी इन्धन, सवारी मर्मत, मेसिनरी औजार मर्मत, सञ्चालन, मसलन्द, कार्यालय सामग्री, अनुगमन, मूल्याङ्कन, विविध खर्च, जनचेतनामूलक, तालिम, गोष्ठी, स्वास्थ्य, शिक्षा रहेका छन् । 

बाढी पछिको पुननिर्माणका लागि भन्दै बजेट कटौती गर्दा मन्त्रालयहरूको प्रगति खुम्चिएको छ तर सरकारका मुख्यमन्त्री, मन्त्रीहरूलाई भने डेढ करोड मूल्यसम्मको सवारी खरीद गर्ने विरोधाभास निर्णय सरकारले गरेको छ ।

यस अघिको बागमती प्रदेश सरकारको सवारी मापदण्ड(२०७४ अनुसार मुख्यमन्त्रीलाई ९५ लाख रुपैयाँ, सभामुख, उपसभामुख, मन्त्री तथा प्रमुख सचिवका लागि ८० लाख रुपैयाँ, प्रदेश सचिव ६० लाख रुपैयाँ र कार्यालय प्रमुखलाई ३० लाख रुपैयाँसम्मको सवारी खरीद गर्ने निर्देशिकामा रहेको थियो ।

तर आफ्नै राजश्व आम्दानी न्यून रहेको र सरकार सञ्चालनका लागि सङ्घीय अनुदानमा भर पर्ने बागमती प्रदेश सरकारले आफ्ना मुख्यमन्त्रीका लागि नयाँ मापदण्ड बनाएर डेढ करोड मूल्यको सुविधा सम्पन्न सवारी खरीद गर्ने भएको छ । 

२०८१ मंसिर १३ गतेको राजपत्रमा मुख्यमन्त्रीका लागि डेढ करोड रुपैयाँ, सभामुख, उपसभामुख, मन्त्री तथा प्रमुख सचिवका लागि १ करोड २० लाख रुपैयाँको गाडी खरिद गर्न सकिने उल्लेख छ । यस्तै, प्रदेश सचिवका लागि ८० लाख रुपैयाँ, कार्यालय प्रमुखलाई ५५ लाख रुपैयाँसम्मको सवारी खरीद गर्ने गरी मापदण्ड संसोधन गरिएको छ । 

बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने यो निर्णयबाट आफू पनि सन्तुष्ट नरहेको बताउँछन् । सिधाकुरासँगको टेलिफोन संवादमा मन्त्री लामिछानेले प्रदेशका कतिपय स्थानमा सिटामोल समेत नपुगेको अवस्थामा सरकारका पदाधिकारीहरूको यस्तो सेवा सुविधाले प्रदेश सरकारप्रति जनताको विश्वास गुम्ने उनले बताए । 

बागमती प्रदेशसँग रकम अभाव भएपछि सरकार सञ्चालनका लागि यस बर्ष मात्रै प्रदेशको कूल बजेटको करीब ५६ प्रतिशत रकम संघीय सरकारले उपलब्ध गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको...
प्राइभेट जेटमा पोखरा ओर्लिए बेलायती राजनीतिज्ञ, खर्बपति एवम् ख्यातिप्राप्त परोपकारी लर्ड एशक्रफ्ट

प्राइभेट जेटमा पोखरा ओर्लिए बेलायती राजनीतिज्ञ, खर्बपति एवम् ख्यातिप्राप्त परोपकारी लर्ड एशक्रफ्ट

लर्ड एशक्रफ्ट जनमत सर्वेक्षणका क्षेत्रमा पनि प्रभावशाली नाम हो । उनले स्थापना गरेको ‘लर्ड एशक्रफ्ट पोल्स’ मार्फत बेलायतसहित विभिन्न देशका चुनाव, मतदाताको धारणा, राजनीतिक नेतृत्व र नीतिगत विषयमा...
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रवार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज...

भर्खरै