नेभिगेशन
समाज

बन्धक प्रस्तावपछि हमासले भन्यो– ‘बल इजरायलको कोर्टमा छ’

गाजा युद्धविराम वार्ताको एक हिस्साका रूपमा इजरायली–अमेरिकी बन्धकलाई रिहा गर्ने र अन्य चार जनाको शव फिर्ता गर्ने प्रस्ताव गरेपछि हमासले शनिबार ‘बल इजरायलको कोर्टमा छ’ भनेको छ ।

शुक्रबारको प्रस्तावपछि इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूतको प्रस्तावपछि प्यालेस्टिनी लडाकूहरू ‘एक मिलिमिटर पनि विचलित नभएको’ बताएको छ ।जनवरीमा शुरू भएको युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणको बारेमा सहमति नभई समाप्त भयो । हमासका एक अधिकारीले वार्ता मङ्गलबार दोहामा शुरू भएको बताए ।

City Express

“बल इजरायलको कोर्टमा छ”, हमासका प्रवक्ता अब्दुल लतिफ अल–कानोउले इजरायललाई यसको कार्यान्वयनमा ‘ढिलाइ’ गरेको आरोप लगाउँदै भने, “हामी युद्धविराम सम्झौतालाई बलियो बनाउन चाहन्छौँ र (इजरायल) लाई यसका सर्तहरू कार्यान्वयन गर्न बाध्य पार्न चाहन्छौँ ।”

उनले मार्च २ देखि गाजामा मानवीय सहायता प्रवेशमा भइरहेको अवरोधलाई औँल्याए । हमासको राजनीतिक ब्युरोका एक सदस्यले अज्ञात रूपमा बोल्दै एएफपीलाई हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा अपहरण गरिएका २१ वर्षीय सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने र अन्य चार इजरायली–अमेरिकी बन्धकहरूको शव फिर्ता गर्ने प्रस्ताव ‘अद्वितीय सम्झौता’ को हिस्सा भएको बताए ।

अधिकारीका अनुसार बदलामा इजरायलले प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ र यसको सङ्ख्या अझै वार्तामा रहेको छ । अधिकारीका अनुसार वार्ता ५० दिनको अवधिभित्र समाप्त हुने गरी प्रस्तावित आदान–प्रदान युद्धविरामको दोस्रो चरणको कार्यान्वयनका लागि एकै समयमा वार्ता शुरू गर्ने सर्त गरिएको थियो ।

प्रस्तावले गाजामा मानवीय सहायता प्रवेशका लागि सबै सीमा क्रसिङहरू तुरुन्तै खोल्न र फिलाडेल्फिया करिडोरबाट इजरायली सेना फिर्ता लिने आह्वान पनि गरेको उनले बताए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार हमासलाई ‘हेरेफेर र मनोवैज्ञानिक युद्धमा’ भर परेको आरोप लगाएको थियो ।
नेतान्याहुको कार्यालयले ‘वार्ता टोलीबाट विस्तृत प्रतिवेदन प्राप्त गर्न र बन्धकहरूलाई मुक्त गर्ने दिशामा अर्को कदमहरू निर्णय गर्न’ प्रधानमन्त्री नेतन्याहुले शनिबार अबेर धेरै मन्त्रीहरूसँग भेट्नुहुने बताएको छ ।

ह्वाइट हाउसले शुक्रबार हमासलाई ‘पूर्ण रूपमा अव्यावहारिक’ मागहरू गरेको र ‘समय आफ्नो पक्षमा छ भनेर धेरै खराब शर्त लगाएको’ आरोप लगाएको छ ।
जनवरी १९ मा लागु भएको युद्धविरामको प्रारम्भिक छ हप्ताको चरणमा लडाकूहरूले इजरायली जेलमा रहेका लगभग एक हजार आठ सय प्यालेस्टिनी बन्दीहरूको सट्टामा आठजना मृतकसहित ३३ जना बन्धकलाई रिहा गरेका छन् ।
गाजामा अझै ५८ बन्धक छन् । तीमध्ये ३४ जनालाई इजरायली सेनाले मृत घोषित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।