नेभिगेशन
समाज

स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर ९जस्ताको टहरा०मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन । 

Ncell
Extreme Energy

उक्त आगालगीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो ।

आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्ने बताएका छन्।
मधेश सरकारबाट किन बाहिरियो एमाले?

मधेश सरकारबाट किन बाहिरियो एमाले?

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन् भने पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ।
चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेका...
बाढीपहिरोपछि काभ्रेका खानी तथा क्रसरमा नियमन कडा, मंसिर ७ सम्म मापदण्ड पूरा गर्न समय

बाढीपहिरोपछि काभ्रेका खानी तथा क्रसरमा नियमन कडा, मंसिर ७ सम्म मापदण्ड पूरा गर्न समय

उद्योग सञ्चालन वा सामग्री ढुवानीका क्रममा सडक, गोरेटो, नदी तथा खोला, नदी किनार, बस्ती, खानेपानीका स्रोत र सिँचाइ संरचनामा प्रतिकूल असर पर्न नदिनुपर्ने निर्णयमा उल्लेख छ। उद्योगका कारण...