नेभिगेशन
समाज

गणतन्त्र पक्षधरको सरकार बनाउने छलफल सुरु भयोः माओवादी सांसद दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालमा(राजन) दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने विषयमा छलफल भएको बताएका छन् । 


आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् । उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे । 


सरकार बनाउने विषयमा एमलोसँग भन्दा पनि कांग्रेससँग बढी छलफल हुने जिकिर गर्दै प्रारम्भि छलफलसमेत सुरु भएको दाबी गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्रविरोधीसँग नहुने र गणतन्त्र पक्षधर एक ठाउँमा उभिएर सहकार्य हुने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...