नेभिगेशन
समाज

सांसदद्वारा बाँकेको जयन्दु बालसुधार गृहमा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले बाँकेको जयन्दु बालसुधार गृहमा गत शुक्रबार राति भएको झडपमा परी ४९ जना घाइते भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले सरकारले उक्त घटनामा विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले भने, “बाँकेको जयन्दु बालसुधार गृहमा भएको झडपमा ४९ जना बालबालिका घाइते भएका छन्, त्यहाँ आगलागी पनि भएको छ, विगतमा संसद्को महिला तथा सामाजिक समितिले सो केन्द्रको अनुगमन गरी सरकारलाई प्रतिवेदन पनि बुझाएको थियो, त्यसमा धेरै विषय उठान गरिएको थियो ।” उनले केन्द्रमा स्वास्थ्यको मापदण्ड पूरा गरेको र लागूपदार्थको प्रयोग हुने गरेको समेत उल्लेख गर्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । 

CG

सांसद सूर्यप्रसाद ढकालले विसं १९८० मा नेपालमा कारागार स्थापना भएको उल्लेख गर्दै हाल देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको बताए। सतहत्तर जिल्लामध्ये ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा १६ हजार कैदीबन्दी अट्ने क्षमता भए पनि हाल ३० हजारभन्दा बढी कैदीबन्दी राखिएको उनले उल्लेख गरे । 
  
उनले महिलासँगै पाँच वर्षमुनिका ४२ जना आश्रित बालबालिका कारागारमा रहेको बताए। उनले तीस हजार कैदीका लागि मासिक रु १७ करोडभन्दा बढी खर्च हुने गरेको समेत उल्लेख गरे । सांसद ढकालले बालसुधार गृहमा भएको झडपमा ४९ जना घाइते भएकाले १८ वर्षभन्दा माथिकालाई बालसुधार गृहमा राख्नु नहुनेमा जोड दिए ।

सांसद दीपा शर्माले १० देखि ३० वर्षसम्मकालाई एकै ठाउँमा राख्दा बालसुधार गृहमा गत शुक्रबार राति घटना घटेको बताए । उक्त समस्या समाधानका लागि कानुनमा सुधार जरुरी रहेको उनको भनाइ थियो । उनले १८ वर्ष माथिकालाई सुधारगृहबाट कारागारमा पठाउन उनले माग गरिन् । 
 
सांसद शान्ति श्रेष्ठले उक्त बालसुधार केन्द्रमा विद्यार्थीले घर जलाएको बताइन् । सुधारगृहमा बालबालिकामात्र राख्नुपर्ने उल्लेख गर्दै उनले १८ वर्षभन्दा बढी उमेरका बालबालिकासँग सुधार गृहमा राख्न नहुने बताइन्। उनले सुधारगृहमा रहेका बालबालिका लागू औषध लिन बाहिर गएको खबर पनि सार्वजनिक भएको समेत उल्लेख गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...