नेभिगेशन
समाज

सांसदद्वारा बाँकेको जयन्दु बालसुधार गृहमा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले बाँकेको जयन्दु बालसुधार गृहमा गत शुक्रबार राति भएको झडपमा परी ४९ जना घाइते भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले सरकारले उक्त घटनामा विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले भने, “बाँकेको जयन्दु बालसुधार गृहमा भएको झडपमा ४९ जना बालबालिका घाइते भएका छन्, त्यहाँ आगलागी पनि भएको छ, विगतमा संसद्को महिला तथा सामाजिक समितिले सो केन्द्रको अनुगमन गरी सरकारलाई प्रतिवेदन पनि बुझाएको थियो, त्यसमा धेरै विषय उठान गरिएको थियो ।” उनले केन्द्रमा स्वास्थ्यको मापदण्ड पूरा गरेको र लागूपदार्थको प्रयोग हुने गरेको समेत उल्लेख गर्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । 

Ncell
Extreme Energy

सांसद सूर्यप्रसाद ढकालले विसं १९८० मा नेपालमा कारागार स्थापना भएको उल्लेख गर्दै हाल देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको बताए। सतहत्तर जिल्लामध्ये ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा १६ हजार कैदीबन्दी अट्ने क्षमता भए पनि हाल ३० हजारभन्दा बढी कैदीबन्दी राखिएको उनले उल्लेख गरे । 
  
उनले महिलासँगै पाँच वर्षमुनिका ४२ जना आश्रित बालबालिका कारागारमा रहेको बताए। उनले तीस हजार कैदीका लागि मासिक रु १७ करोडभन्दा बढी खर्च हुने गरेको समेत उल्लेख गरे । सांसद ढकालले बालसुधार गृहमा भएको झडपमा ४९ जना घाइते भएकाले १८ वर्षभन्दा माथिकालाई बालसुधार गृहमा राख्नु नहुनेमा जोड दिए ।

सांसद दीपा शर्माले १० देखि ३० वर्षसम्मकालाई एकै ठाउँमा राख्दा बालसुधार गृहमा गत शुक्रबार राति घटना घटेको बताए । उक्त समस्या समाधानका लागि कानुनमा सुधार जरुरी रहेको उनको भनाइ थियो । उनले १८ वर्ष माथिकालाई सुधारगृहबाट कारागारमा पठाउन उनले माग गरिन् । 
 
सांसद शान्ति श्रेष्ठले उक्त बालसुधार केन्द्रमा विद्यार्थीले घर जलाएको बताइन् । सुधारगृहमा बालबालिकामात्र राख्नुपर्ने उल्लेख गर्दै उनले १८ वर्षभन्दा बढी उमेरका बालबालिकासँग सुधार गृहमा राख्न नहुने बताइन्। उनले सुधारगृहमा रहेका बालबालिका लागू औषध लिन बाहिर गएको खबर पनि सार्वजनिक भएको समेत उल्लेख गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।