नेभिगेशन
समाज

लोकतान्त्रीक व्यवस्थाबाट मुलुक पछि फर्कन सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रीक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका छन् । 

आइतबार काठमाडौँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र मुलुकको राजमार्ग भएको भन्दै लोकतान्त्रीक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका हुन् । उनले सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको धारणा पनि राखे । उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको स्पष्ट गरे । त्यस्तै उनले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउन आवश्यक रहेको जिकिर गरे । 

CG


महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्ने र सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उनले बताए । उनले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सवैको सुझावका आधारमा सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगिकरणको प्रवद्र्धनलाई प्राथमिकता दिएको बताए । उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारी लगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको अवगत गराए ।

सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मनुभएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गर्नुभयो...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभाका पूर्व सदस्य हरि ढकालले चुनाबमा जसरी पनि विजय हुन अर्को दलको चुनाब चिन्हमा उम्मेदवार बन्ने प्रवृत्ति जनता माथिको धोका रहेको बताएका...
विदेशीको योजनामा नयाँ राजनीतिक दल खुले, देश दुर्घटनामा जान सक्छः राजेन्द्र लिङ्देन

विदेशीको योजनामा नयाँ राजनीतिक दल खुले, देश दुर्घटनामा जान सक्छः राजेन्द्र लिङ्देन

त्यस्तै लिङ्देनले चूनाव नै नभएको अवस्थामा केहि नयाँ भन्नेहरुले प्रधानमन्त्री पद बाँडफाँड गर्न लागेको तर्क गरे । मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उनले...