नेभिगेशन
मुख्य समाचार

मिश्र नेतृत्वको समितिलाई काम नगर्न सर्वोच्चको अन्तरिम आदेश, कुलमानलाई बक्यौता उठाउन बाटो खुल्यो 

काठमाडौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड बक्यौता उठाउन बाटो खुला गरिदिएको छ । 


आइतबार सर्वोच्च अदालतले बक्यौता उठाउनबाट रोक्न उर्जा तथा जसलस्रोत मन्त्री दीपक खड्काले गठन गरेको एक समितिलाई काम तत्काल काम नगर्नू नगराउनु भन्दै अन्तरिम आदेश दिएको छ । 

City Express


डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बिलको विवादमा सत्यरतथ्य र प्राविधिक एवं प्रशासनिक छानबिन गर्न भन्दै उर्जा मन्त्री खड्काले मंसिर ३ गते नेशन कलेज अफ इन्जिनियरिङका प्रा‍‍.डा.अरविन्द कुमार मिश्रको संयोजकत्वमा ३ सदस्य समिति गठन गरेका थिए । 


सोही समितिलाई देखाउँदै विद्युत् नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई वक्यौता नर्तिने उद्योगको लाइन काट्न रोकि रहेको थियो । तर, अधिवक्ता खडानन्द कडेलले मंसिर १३ गते उक्त समितिविरुद्ध सर्वोच्चमा रीट दर्ता गरेका थिए । 

सो रिटविरुद्ध बिहीबार र आइतर निरन्तर सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गरिदिएको हो । यससंगै उक्त समितिले काम गर्न रोक लागेको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार यो आदेशसँगै अब पुनः प्राधिकरणलाई वक्यौता उठाउन बाटो खुलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्नेः नेता खनाल

नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्नेः नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले भने, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको...
स्वास्थ्य मन्त्रालयद्वारा उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य मन्त्रालयद्वारा उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर

मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले...
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

बुधबार नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । बुधबार ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता...