नेभिगेशन
समाज

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित बनाउन कानून बनाउन लागेका हौँः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन कानून बनाउन लागिएको जानकारी दिएका छन् ।


सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका बिषयको जवाफ दिदै मन्त्री लेखकले हाल सरकारको निर्णयका आधारमा पूर्वविशिष्टलाई सेवा सुविधा दिइदै आएकोमा अव त्यसलाई व्यवस्थीत बनाउन कानून बनाउन लागिएको जानकारी दिएका हुन् । सरकारले दिने सुविधानमा बैधानिक मापदण्ड नभएकाले कानून बनाउन खोजिएको उनले बताए । उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधा दिदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत रहेको जिकिर गरे ।

CG

उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधासम्बन्धी कानून सदनमा प्रस्तुत हुने भएकाले सुविधा बढाउने वा घटाउने भन्ने बिषय सरकारको नभइ संसदको विषय हुने बताए । मन्त्रिपरिषदको २०८१ पुष ९ गतेको बैठकबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई प्रारम्भीक स्वीकृति प्राप्त भएपछि विधेयक तर्जुमाका लागि काम सुरु भइसकेको उनले जानकारी दिए ।


त्यस्तै उनले पाथिभरा केवलकारका बिषयमा देखिएका विवादका बारेमा सरकार गम्भीर रहेको भन्दै आन्दोलनकारीलाई पुनः वार्तामा बोलाइएको जानकारी दिए । आयोजनाको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था समेत मिलाएको उनले बताए । उनले आन्दोलनकारी पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समूदायका समस्या समाधान गर्न सरकार तयार रहेको धारणा राखे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...