नेभिगेशन
समाज
स्ववियु निर्वाचन

स्ववियु निर्वाचनः ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।

Ncell
Extreme Energy

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने छ। त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँुदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।
ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

सन् २०२४ मा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव टुक्रा-टुक्रा पारेर फ्याँकेको अभियोग लागेका उत्तरी भर्जिनियाका नरेश भट्टविरुद्धको मुद्दामा अभियोजकहरूले अदालतमा एउटा ठूलो भौतिक प्रमाण प्रस्तुत...
सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशका सुन्दरी (ब्युटी) प्रतियोगिताहरूमाथि पूर्ण रूपमा रोक लगाउँदै युवतीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रवर्द्धन गर्ने नयाँ अभियान सुरु गरेको छ।
रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका क्रियाकलाप, भूमिका र प्रगति विवरण सहितको रिपोर्ट कार्ड सार्वजनिक भएको छ।

भर्खरै