नेभिगेशन
समाज

नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौँ । यो यो साताको  कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ ।


आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । आज तीन सय १३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता शेयर ५० हजार आठ सय ३४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार बराबरको कारोबार भएको हो ।

City Express


आजको कारोबारमा अन्य समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूह शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन शून्य दशमलव ३६, जलविद्युत् शून्य दशमलव १७, लगानी शून्य दशमलव ४२ र जीवन बीमा समूह शून्य दशमलव ७० प्रतिशतले घटेको हो । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव ३१, म्युचुअल फन्ड शून्य दशमलव ३७, निर्जीवन बीमा शून्य दशमलव ५४ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।


आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ र प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ ।


कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ११ लाख १७ हजार आठ सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमासबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको सात लाख ६८ हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज २ गतेसम्म शेयर कारोबार नहुने

असोज २ गतेसम्म शेयर कारोबार नहुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो ।
दुई दिन शेयर कारोबार नहुने

दुई दिन शेयर कारोबार नहुने

“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६...
११ दशमलव ५२ अङ्कले घट्यो नेप्से परिसूचक, करिब साढे चार अर्बको कारोबार

११ दशमलव ५२ अङ्कले घट्यो नेप्से परिसूचक, करिब साढे चार अर्बको कारोबार

आइतबार विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव...
नेप्से परिसूचक १५ अङ्कले घट्यो

नेप्से परिसूचक १५ अङ्कले घट्यो

बुधबारको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव...