नेभिगेशन
समाज

डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो । 

Ncell
Extreme Energy

गत आइतबार रातीदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो । “गाउँ पसेको डढेलो अहिले निभाइएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति निभाउन  सफल भयौँ”, उनले भने, “नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन् । भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो लागिरहेको छ । त्यसलाई निभाउने प्रयास गरिरहेका छौँ ।”

डढेलो निभाइएपछि सदरमुकामबाट खटिएका नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरीको टोली फर्काइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए । “जिल्ला विपद् व्यवस्थापन कोषबाट तत्काल प्रति घरपरिवार नगद १५ हजार, त्रिपाल र कम्बल एक÷एक थान उपलब्ध गराएका छौँ । उनीहरुलाई थप राहत र पुनःस्थापनाका लागि पहल भइरहेको छ ।”

आगलागी तथा डढेलोले कृष्णबहादुर राईको गाईको माउबाछा, सम्बरबहादुर राईको दुई माउ बाख्रा र च्यानटारका छोटे राईको दश माउ बाख्रा जलेर मरेको जनाइएको छ । स्थानीय लाङ्मा पाखामा चरनका लागि छाडिएका छोटे राईको दश माउमध्ये सातवटा जलेर मरेको अवस्थामा भेटिएको र तीनवटा नभेटिएको वडाध्यक्ष राईले जानकारी दिए ।

डिकुवामा भएको आगलागी पीडित घर परिवारलाई नगरपालिकाको तर्फबाट प्रतिघर रु दश हजारका दरले नगद तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको नगर प्रमुख विमला राईले जानकारी दिए । “डिकुवामा भएको आगलागीका घटनाको क्षति विवरण आइसकेको छैन । विवरण सङ्कलन गर्न टोली परिचालन गरिएको छ”, उनले भने, “मानवीय क्षति भएको छैन । घटना भएको स्थान सुख्खाग्रस्त भएकाले ठूलो क्षति व्यहोर्नुपर्यो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।
ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

सन् २०२४ मा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव टुक्रा-टुक्रा पारेर फ्याँकेको अभियोग लागेका उत्तरी भर्जिनियाका नरेश भट्टविरुद्धको मुद्दामा अभियोजकहरूले अदालतमा एउटा ठूलो भौतिक प्रमाण प्रस्तुत...
सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशका सुन्दरी (ब्युटी) प्रतियोगिताहरूमाथि पूर्ण रूपमा रोक लगाउँदै युवतीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रवर्द्धन गर्ने नयाँ अभियान सुरु गरेको छ।
रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका क्रियाकलाप, भूमिका र प्रगति विवरण सहितको रिपोर्ट कार्ड सार्वजनिक भएको छ।

भर्खरै