नेभिगेशन
समाज

राजतन्त्र पुनर्स्थापनाकाे नाममा कलाविहीन नाटक मञ्चन भइरहेको छ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र पुनर्स्थापनाकाे नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गरेका छन् ।

सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले राजतन्त्र पुनस्र्थापनाको नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गर्दै जनताले इतिहास बनाइदिएको राजसंस्थाको पुनस्र्थापना सम्भव नै नरहेको बताए । 

CG

ज्ञानेन्द्र शाहको मुर्खताले देशमा गणतन्त्र आउनमा सहयोग पुगेको भन्दै प्रचण्डले पछिल्लो समय ज्ञानेन्द्रको मुर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने धारणा राखे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएकाले अहिलेको व्यवस्थाबिरुद्ध प्रश्न उठाउने दुष्साहस गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । प्रचण्डले अहिले संशोधन नभइ सवै दल मिलेर समिक्षा गर्न जरुरी रहेको बताए । समिक्षा पछि जनताको आवश्यकताका आधारमा संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए

उनले राजतन्त्र फालेका शक्तिहरु एक ठाउँमा आएर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा समेत जोड दिए । प्रचण्डले क्रान्तिकारी माओवादी धाराहरु छिटै एकताबद्ध हुने जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...