नेभिगेशन
समाज

राजतन्त्र पुनर्स्थापनाकाे नाममा कलाविहीन नाटक मञ्चन भइरहेको छ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र पुनर्स्थापनाकाे नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले राजतन्त्र पुनस्र्थापनाको नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गर्दै जनताले इतिहास बनाइदिएको राजसंस्थाको पुनस्र्थापना सम्भव नै नरहेको बताए । 

Ncell
Extreme Energy

ज्ञानेन्द्र शाहको मुर्खताले देशमा गणतन्त्र आउनमा सहयोग पुगेको भन्दै प्रचण्डले पछिल्लो समय ज्ञानेन्द्रको मुर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने धारणा राखे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएकाले अहिलेको व्यवस्थाबिरुद्ध प्रश्न उठाउने दुष्साहस गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । प्रचण्डले अहिले संशोधन नभइ सवै दल मिलेर समिक्षा गर्न जरुरी रहेको बताए । समिक्षा पछि जनताको आवश्यकताका आधारमा संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए

उनले राजतन्त्र फालेका शक्तिहरु एक ठाउँमा आएर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा समेत जोड दिए । प्रचण्डले क्रान्तिकारी माओवादी धाराहरु छिटै एकताबद्ध हुने जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।

भर्खरै