नेभिगेशन
समाज

‘लेखा समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखियो’

काठमाडौँ । सांसदहरुले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर राख्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा सांसदहरुले समितिमा उपसमितिको प्रतिवेदन र उजुरीका धेरै चाङ हुँदा पनि समयमा नै बैठक नबोलाएको भन्दै सभापति ऋषिकेश पोखरेलको भूमिकाप्रति पनि आपत्ति जनाएका छन् । समिति सदस्य सांसद रामकृष्ण यादवले समितिको बैठक प्रतिनिधिसभाको शुन्य समयजस्तै प्रभावविहिन हुन थालेको बताए । समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखिएको भन्दै उनले आपत्ति जनाए । सभापति पोखरेलले एजेण्डामा केन्द्रीत हुन आग्रह गरेपछि सांसद यादवले जहिले पनि बिचैमा रोक्ने काम उचित नभएको बताए । सभापति पोखरेलले भने क्यालेन्डर अनुसार नै समितिको बैठक बसेको जिकिर गरे ।

Ncell
Extreme Energy


त्यस्तै सांसद प्रेमबहादुर आलेले सांसद यादवको भनाइप्रति समर्थन जनाउदै ११४ वटा उजुरी हुदा पनि महिनामा एक पटकमात्रै बैठक बस्नु उचित नभएको बताए । राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने उनले बताए । उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनुपर्ने निर्णय गर्दा सभापतिले नै त्यसलाई रोकेको आरोप लगाए । उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनका लागि निर्देशन दिन माग गरे ।

त्यस्तै सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशनको कार्यान्वयनको अवस्था बुझ्नुपर्ने बताए । उनले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे समितिले दिएको निर्देशन कार्यान्वयन नहुदा फेरी समितिमा उजुरी आएको जिकिर गरे । 
त्यस्तै अन्य सांसदहरुले समितिमा प्राप्त उजुरीहरुलाई प्राथमिकताका आधारमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।

भर्खरै