नेभिगेशन
समाज

उपत्यका केन्द्रीत निर्णायक आन्दोलन गर्ने राप्रपाको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रीत थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ । 
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टीले उठाएका माग पुरा गर्न दवाव दिनका लागि भन्दै उपत्यका केन्द्रीत थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको आन्दोलन परिचालन मूल समितिको बैठक चैत्र १२ गते बस्ने र थप उपत्यका केन्द्रीत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने उनले बताए । 

Ncell
Extreme Energy

बैठकले समान विचार राख्ने सबै शक्तिहरुलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ भने वर्तमान सरकार सवै क्षेत्रमा असफल भएको निष्कर्ष बैठकले निकालेको अध्यक्ष लिङ्देनले बताए । 
उनले राजसंस्थाको पक्षमा राप्रपाको अबको आन्दोलन निर्णायक हुने दावी गरे । 

उनले राजसंस्था पुस्र्थापनका लागि भन्दै नवराज सुबेदी वा अन्य कसैले बनाएको समितिमा आफु नबस्ने स्पष्ट पारे । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको...
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...

भर्खरै