नेभिगेशन
समाज

बारको चुनावमा डीएलए र पीपीएलएको गठबन्धन

काठमाडौं ।  नेपाल बार एशोसिएशनको निर्वाचनमा  कानून व्यवसायीका तीन संगठनले गठबन्धन गर्ने भएका छन् । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै एक भएको जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिव ठाकुर प्रसाद आचार्यले संयुक्तरुपमा एक विज्ञप्ती जारी गर्दै गठबन्धन गर्ने निर्णय भएको जनाएका हुन् । 

Ncell
Extreme Energy


विज्ञप्तीमा भनिएको छ ‘न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोसिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ’ ।

 

बारको चुनावमा यो संगठनबाट विजय प्रसाद मिश्रलाई अध्यक्षमा र महासचिवमा केदार प्रसाद कोइरालालाई अघि सारेको छ । विज्ञप्तीको पूर्णपाठ यस्तो छः

मितिः २०८१।१२।०४

प्रेस विज्ञप्ति
आदरणीय वरिष्ठ अधिवक्ता, अधिवक्ता एवं अभिवक्ताज्यूहरुमा हाम्रो संयुक्त अनुरोध,
सदाझैँ प्रत्येक तीन वर्षमा हुने नेपाल बार एशोशिएसनको निर्वाचन आगामी चैत्र २३ गते हुन गईरहेको सर्वविदितै छ ।
न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोशिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ । न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नको लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न, गराउन हामी प्रतिवद्ध र कटिबद्ध छौँ ।
हाम्रा पुर्खाहरुले जुन उद्देश्य र लक्ष्यका साथ नेपाल बार एशोशिएसनको स्थापना गर्नुभएको थियो । सोही उद्देश्यलाई डग्मगाउन नदिन र साँचो अर्थमा व्यवसायिक बार निर्माण गर्नु हाम्रो मूलभूत उद्देश्य हुनेछ । 
आदरणीय मतदाताज्यूहरु,
उपर्युक्त उद्देश्य र लक्ष्यलाई कार्यान्वयन गर्न प्रा. डा. व. अ. विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव व. अ. केदार प्रसाद कोईराला रहेको सक्षम, पूर्ण व्यवसायिक र समावेशी समूह लिएर यहाँहरु समक्ष उपस्थित भएका छौँ ।
अतः बलियो बार, बलियो प्रभाव र सशक्त भूमिका सहितको देखिने र सुनिने बारको लागि हामीले अघि सारेको उम्मेदवारहरुको सम्पूर्ण टिमलाई अमूल्य मतदान गरी अत्याधिक मत सहित विजय गराई सेवा गर्ने मौका प्रदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछौँ ।
ज्ञानेन्द्र प्रसाद अधिकारी
महासचिव
नेपाल डेमोक्राटिक लयर्स् एशोशिएसन

अमर थापा 
महासचिव
प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन, नेपाल

ठाकुर प्रसाद आचार्य
महासचिव
राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका क्रियाकलाप, भूमिका र प्रगति विवरण सहितको रिपोर्ट कार्ड सार्वजनिक भएको छ।
कांग्रेस सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य विजयी, जगदीश्वर नरसिंह केसी ४४९ मतान्तरले पराजित

कांग्रेस सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य विजयी, जगदीश्वर नरसिंह केसी ४४९ मतान्तरले पराजित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।
दशैँको मुखमा बालेनलाई पूर्वराजा ज्ञानेन्द्रको यस्तो सुझाव

दशैँको मुखमा बालेनलाई पूर्वराजा ज्ञानेन्द्रको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य प्रणाली, प्रजातान्त्रिक आधार र अर्थतन्त्रलाई उकास्नेगरी काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

भर्खरै