नेभिगेशन
समाज

बारको चुनावमा डीएलए र पीपीएलएको गठबन्धन

काठमाडौं ।  नेपाल बार एशोसिएशनको निर्वाचनमा  कानून व्यवसायीका तीन संगठनले गठबन्धन गर्ने भएका छन् । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै एक भएको जनाएका छन् ।

 नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिव ठाकुर प्रसाद आचार्यले संयुक्तरुपमा एक विज्ञप्ती जारी गर्दै गठबन्धन गर्ने निर्णय भएको जनाएका हुन् । 

City Express


विज्ञप्तीमा भनिएको छ ‘न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोसिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ’ ।

 

बारको चुनावमा यो संगठनबाट विजय प्रसाद मिश्रलाई अध्यक्षमा र महासचिवमा केदार प्रसाद कोइरालालाई अघि सारेको छ । विज्ञप्तीको पूर्णपाठ यस्तो छः

मितिः २०८१।१२।०४

प्रेस विज्ञप्ति
आदरणीय वरिष्ठ अधिवक्ता, अधिवक्ता एवं अभिवक्ताज्यूहरुमा हाम्रो संयुक्त अनुरोध,
सदाझैँ प्रत्येक तीन वर्षमा हुने नेपाल बार एशोशिएसनको निर्वाचन आगामी चैत्र २३ गते हुन गईरहेको सर्वविदितै छ ।
न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोशिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ । न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नको लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न, गराउन हामी प्रतिवद्ध र कटिबद्ध छौँ ।
हाम्रा पुर्खाहरुले जुन उद्देश्य र लक्ष्यका साथ नेपाल बार एशोशिएसनको स्थापना गर्नुभएको थियो । सोही उद्देश्यलाई डग्मगाउन नदिन र साँचो अर्थमा व्यवसायिक बार निर्माण गर्नु हाम्रो मूलभूत उद्देश्य हुनेछ । 
आदरणीय मतदाताज्यूहरु,
उपर्युक्त उद्देश्य र लक्ष्यलाई कार्यान्वयन गर्न प्रा. डा. व. अ. विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव व. अ. केदार प्रसाद कोईराला रहेको सक्षम, पूर्ण व्यवसायिक र समावेशी समूह लिएर यहाँहरु समक्ष उपस्थित भएका छौँ ।
अतः बलियो बार, बलियो प्रभाव र सशक्त भूमिका सहितको देखिने र सुनिने बारको लागि हामीले अघि सारेको उम्मेदवारहरुको सम्पूर्ण टिमलाई अमूल्य मतदान गरी अत्याधिक मत सहित विजय गराई सेवा गर्ने मौका प्रदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछौँ ।
ज्ञानेन्द्र प्रसाद अधिकारी
महासचिव
नेपाल डेमोक्राटिक लयर्स् एशोशिएसन

अमर थापा 
महासचिव
प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन, नेपाल

ठाकुर प्रसाद आचार्य
महासचिव
राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...