नेभिगेशन
मुख्य समाचार

अन्ततः ९ महिनापछि पृथ्वीमा फर्कीए अन्तरिक्ष यात्री सुनिता र बुच

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि अन्ततः पृथ्वीमा फर्किएका छन्।  अन्तरिक्षबाट करिब १७ घण्टा लामो यात्रापछि पृथ्वीमा फर्किएका उनीहरु नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण थिए । 

बीबीसीका अनुसार यानले पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा प्रवेश गरेसँगै चार वटा प्यारासुट खुले र तिनीहरूलाई फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गराइयो ।

City Express


सन् २०२४ जुन ५ मा जम्मा आठ दिन अन्तरिक्षमा बिताउन परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)को गएका सुनिता विलियम्स र बुच विलमोर, यानमा खराबी आएपछि यात्रा ९ महिनासम्म अन्तरिक्षमा रोकिए । 
उनीहरुले अन्तरिक्षबाटै मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो समयको बिताए । 

अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलमा पृथ्वी फर्किए।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा क्याप्सुलको गति १७,००० माइल प्रतिघण्टा थियो, जसलाई केही मिनेटभित्रै नियन्त्रण गरेर सुस्त पारियो । जब उनीहरू अन्तरिक्ष यानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...