नेभिगेशन
समाज

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको घोचपेचः  ‘सरकारलाई त छैन होला, हामीलाई लाज लागिसक्यो–के के को मात्र विरोध गर्ने ?’

रास्वपाको घोचपेचः  ‘सरकारलाई त छैन होला, हामीलाई लाज लागिसक्यो–के के को मात्र विरोध गर्ने ?’

‘यो कस्तो परम्परा नयाँ हो ? भ्रष्ट्राचारको अडियो आयो । घुस मागेको प्रमाण आयो । अनी राजीनामा दिएपछि सबै पाप पखालियो ? राजीनामा भनेको त भ्रष्ट्राचारको पापबाट मुक्ति...
हलेसी दर्शन गरेर फर्कदै गर्दा माइक्रोबस दुर्घटना, १ जनाको मृत्यु

हलेसी दर्शन गरेर फर्कदै गर्दा माइक्रोबस दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष...
महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उनले भने, “महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।”
विवादकै बिच ‘भिजिट भिसा’मा  विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि

विवादकै बिच ‘भिजिट भिसा’मा  विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि

युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ