नेभिगेशन
समाज

जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई निधिकाे चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका छन् । 

 

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै निधिले पूर्वराजालाई जनताले सम्मान दिएको भन्दै जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका हुन् । गणतन्त्रको जग बलियो भएकाले कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने उनले बताए । उनले गणतन्त्रीक व्यवस्थाको रक्षाका लागि जे पनि गर्न तयार रहेको बताए । निधिले देशको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए ।


त्यस्तै उनले संघीयताको सफल कार्यान्वयनका लागि सातवटै प्रदेशलाई आफ्नै प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्ने धारणा राखे  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...