नेभिगेशन
समाज

ढुक्क हुनुहोस् लोडसेडिङ हुँदैन, हल्लाको पछि नदौडिऔँः कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा अब लोडसेडिङ रोक्न नसकिने भन्दै राष्ट्रिय सभामा दिएको अभिव्यक्तीको नेपाल विद्युत प्राधिकरणले खण्डन गरेको छ । मन्त्रीको भनाई बाहिरिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


कार्यकारी निर्देशक घिसिङले भने सबै पावरप्लान्टहरु रातिमा चल्ने र दिउँसो भारतबाट बिजुली आयात भैरहेकाले लोडसेडिङ नहुने दाबी गरेका हुन् । उनले भने ‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन। उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह गरे । 

Ncell
Extreme Energy

कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरु राति चल्ने भएकाले लोडसेडिङ हुने हल्लामा नदौडिन पनि उनले आग्रह गरे । 

उर्जा मन्त्री खड्काले भने राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अब लोडसेडिङ रोक्न कसैले नसक्ने जवाफ दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...