नेभिगेशन
समाज

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची हटाउन माग गरेका छन् । बिहिबारको प्रतिनिधिसभा बैठकका क्रममा उनले यस्तो माग गराखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यसअघिको प्रश्नेत्तरमा आफूले सोधेको प्रश्नको जवाफ नदिएका कारण उनले यस्तो माग राखेका हुन् । 

Ncell
Extreme Energy

‘सांसदले सोधेको प्रश्नको जवाफ नै नदिएको औचित्यहिन प्रश्नोत्तर कार्यक्रम कार्यसुचीबाट हटाइयोस् भनेर म सम्मानित सभामुखज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

उनले प्रधानमन्त्री संसदीय व्यवस्थाप्रति उत्तरदायी नभएको समेत बताए । 

फागुन ४ गतेका प्रतिनिधि सभामा बैठकको प्रश्नोत्तरमा सांसद साहले प्रधानमन्त्रीलाई बिभिन्न प्रश्न सोधेका थिए । तर प्रधानमन्त्रीले उनको प्रश्नको जवाफ दिन अस्वीकार गरेका थिए । 

त्यसैले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको कुनै औचित्य नरहेको उनको भनाई छ । उनले उक्त कार्यक्रम नहटाए प्रतिनिधि सभा बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।