नेभिगेशन
मुख्य समाचार

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

धनगढी ।  प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
 
कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पारे ।
 
सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पु¥याइरहेको योगदानले आमनेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रुपमा स्थापित भएको दाबी गरे । “यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन”, उनले भने ।
 
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको जनाउँदै प्रधानसेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताए ।
 
“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले भने ।
     
    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश

दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो
इतिहास रचेर फर्किएका रवीन्द्रको भव्य स्वागत (तस्बिरहरु)

इतिहास रचेर फर्किएका रवीन्द्रको भव्य स्वागत (तस्बिरहरु)

ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए ।
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत बैशाख २१ गतेबाट सुरु भएको परिक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका...
घर छाडेको ११ दिनपछि गोलान्जोर फर्किए हायू परिवार, वडाध्यक्षले दिए नयाँ बसोबासको ग्यारेन्टी

घर छाडेको ११ दिनपछि गोलान्जोर फर्किए हायू परिवार, वडाध्यक्षले दिए नयाँ बसोबासको ग्यारेन्टी

फर्किए पनि उनीहरूले अब आफ्नै पुरानो घरमा भने नबस्ने निर्णय लिएका छन्। पुरानो घरमा बिरामी पर्न थालेको भन्दै बस्न अस्वीकार गरेपछि वडाध्यक्ष श्रेष्ठले तत्कालका लागि आफ्नै घरमा बस्न...