नेभिगेशन
समाज

 आजको मौसम:पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । 

Ncell
Extreme Energy

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । 

त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा पनि आंशिक बदली हुनेछ । 

कोशी, मधेस, गण्डकी  र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना  छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

     आगामी २४ घण्टामा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...