नेभिगेशन
समाज
पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा जाँदै, भोलि गोरखकालीको विशेष पूजा गर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज धार्मीक भ्रमणका लागि गोरखा जाँदैछन्। उनको सचिवालयका अनुसार शाहले गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेका हुन्। केहि दिन गोरखामा रहने शाहले भोलि गोरखकालीको विशेष पूजा गर्ने छन् । राजाको स्वागत र नागरिक सम्मानका लागि प्राडा जगमान गुरुङक सहितको केहि दिन देखि गोरखामा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वराजाको धार्मीक भ्रमणका विषयमा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका वरिष्ठ संस्कृतिविद् गुरुङले सामाजिक संजालमा एक पोष्ट गर्दै सम्पूर्ण पूर्वराजाले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरि आफ्ना कुलदेवी गोरखकालीको दर्शन,पूजन गर्न सक्ने उल्लेख गरेका छन् । उनले लेखेका छन् । 

Ncell
Extreme Energy

‘बृहस्पति र शुक्र अस्तले चाडपर्व छेकिँदैन। शुक्लपक्ष र कृष्णपक्षको अष्टमीमा गोरखकालीको पूजा गरिन्छ। नेपाल पञ्चाङ्ग निर्माण विकाश समितिबाट निर्णित पात्रोहरुमा २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन स्पष्टरूपमा गोरखकालीपूजा लेखिएको छ।ज्योतिषाचार्य,धर्मशास्त्राचार्य र संस्कृतिविदहरुको बृहद् बैठकबाट पञ्चाङ्ग र चाड पर्वको निर्णय गरिन्छ।अर्को कुरा गोरखा दरबार भनेको श्री ५ हरुको आफ्नो घर, आफ्नो दरबार हो,’सामाजिक सञ्जालमा उनी लेख्छन्। ,’ त्यसकारण श्री ५ ज्ञानेन्द्रले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरिबक्सेर आफ्ना कुलदेवी गोरखकालीको दर्शन,पूजन गर्न सकिबक्सन्छ। यसमा पनि २०८१ चैत ९ गते, शनिवार। चैत्रकृष्णअष्टमी गोरखकालीपूजाको पर्व हो। अतस् २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन श्री ५ ज्ञानेन्द्र सरकारवाट गरिबक्सने गोरखकालीपूजालाई शुक्र अस्तको दोष लाग्दैन।बौद्धतन्त्र अनुसार गरिने वज्रभैरवको पूजा त अझ संपूर्ण ग्रह गतिको अशुभ फल र दोष मेटाउने पूजा हो।त्यसकारण यस सन्दर्भमा worry नहोउँ है त।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...