नेभिगेशन
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा जाँदै, भोलि गोरखकालीको विशेष पूजा गर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज धार्मीक भ्रमणका लागि गोरखा जाँदैछन्। उनको सचिवालयका अनुसार शाहले गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेका हुन्। केहि दिन गोरखामा रहने शाहले भोलि गोरखकालीको विशेष पूजा गर्ने छन् । राजाको स्वागत र नागरिक सम्मानका लागि प्राडा जगमान गुरुङक सहितको केहि दिन देखि गोरखामा छन् । 

पूर्वराजाको धार्मीक भ्रमणका विषयमा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका वरिष्ठ संस्कृतिविद् गुरुङले सामाजिक संजालमा एक पोष्ट गर्दै सम्पूर्ण पूर्वराजाले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरि आफ्ना कुलदेवी गोरखकालीको दर्शन,पूजन गर्न सक्ने उल्लेख गरेका छन् । उनले लेखेका छन् । 

‘बृहस्पति र शुक्र अस्तले चाडपर्व छेकिँदैन। शुक्लपक्ष र कृष्णपक्षको अष्टमीमा गोरखकालीको पूजा गरिन्छ। नेपाल पञ्चाङ्ग निर्माण विकाश समितिबाट निर्णित पात्रोहरुमा २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन स्पष्टरूपमा गोरखकालीपूजा लेखिएको छ।ज्योतिषाचार्य,धर्मशास्त्राचार्य र संस्कृतिविदहरुको बृहद् बैठकबाट पञ्चाङ्ग र चाड पर्वको निर्णय गरिन्छ।अर्को कुरा गोरखा दरबार भनेको श्री ५ हरुको आफ्नो घर, आफ्नो दरबार हो,’सामाजिक सञ्जालमा उनी लेख्छन्। ,’ त्यसकारण श्री ५ ज्ञानेन्द्रले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरिबक्सेर आफ्ना कुलदेवी गोरखकालीको दर्शन,पूजन गर्न सकिबक्सन्छ। यसमा पनि २०८१ चैत ९ गते, शनिवार। चैत्रकृष्णअष्टमी गोरखकालीपूजाको पर्व हो। अतस् २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमीका दिन श्री ५ ज्ञानेन्द्र सरकारवाट गरिबक्सने गोरखकालीपूजालाई शुक्र अस्तको दोष लाग्दैन।बौद्धतन्त्र अनुसार गरिने वज्रभैरवको पूजा त अझ संपूर्ण ग्रह गतिको अशुभ फल र दोष मेटाउने पूजा हो।त्यसकारण यस सन्दर्भमा worry नहोउँ है त।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...