नेभिगेशन
समाज

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

उक्त्त विषयमा सिधाकुराले पहिलाेपटक सिसिटिभि फुटेजसहित बिहीबार समाचार प्रकाशन तथा प्रसारण गरेको थियो

काठमाडौँ । वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध जाहेरी दर्ता भएको हो । 

Marvel
Extreme Energy

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुष्टि गरे । उनीहरुलाई पक्राउ गरेर कारबाही अघि बढाउने एसपी मिश्रले बताए । 

उजुरी दर्ता भएकाहरुले गत फागुन २९ गते होलीको दिन पानीट्याङ्कीस्थित डायमन्ड पार्टी प्यालेसमा निमन्त्रणा मान्न गएका वीरगंज महानगरपालिका– २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई निर्घाट कुटेका गरेका थिए । तर वडा अध्यक्ष चतुर्वेदीका अनुसार प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । 

वडाध्यक्षमाथि प्रहरी र पत्रकार अन्य व्यक्तिहरु मिलेर निर्घात कुटपिट गरेको सिसिटिभि फुटेजसहित बिहीबार सिधाकुराले समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । हामीसँगको कुराकानीका क्रममा वडाध्यक्ष कुट्ने बरिष्ठ सई सागर शमशेर जबराले आफू मदिराले मातेको समयमा उक्त घटना भएको र गल्ती भएको स्वीकार गर्दै पटक पटक समाचार प्रकाशन नगरिदिन आग्रह गरेका थिए । हामीले समाचार प्रकाशन तथा प्रसारण गरेपछि अहिले प्रहरीले जाहेरी दर्ता गरेको छ भने थप अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

लक्ष्मण गिरी सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।
देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतर्फ उन्मुख भइरहेको भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्न आग्रह गरेका छन्।
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

नेकपा एमालेले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएको र समाचार स्रोत खुलाउन दबाब दिइएको घटनाप्रति आपत्ति जनाएको छ ।