नेभिगेशन
समाज

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

उक्त्त विषयमा सिधाकुराले पहिलाेपटक सिसिटिभि फुटेजसहित बिहीबार समाचार प्रकाशन तथा प्रसारण गरेको थियो

काठमाडौँ । वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध जाहेरी दर्ता भएको हो । 

Ncell
Extreme Energy

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुष्टि गरे । उनीहरुलाई पक्राउ गरेर कारबाही अघि बढाउने एसपी मिश्रले बताए । 

उजुरी दर्ता भएकाहरुले गत फागुन २९ गते होलीको दिन पानीट्याङ्कीस्थित डायमन्ड पार्टी प्यालेसमा निमन्त्रणा मान्न गएका वीरगंज महानगरपालिका– २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई निर्घाट कुटेका गरेका थिए । तर वडा अध्यक्ष चतुर्वेदीका अनुसार प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । 

वडाध्यक्षमाथि प्रहरी र पत्रकार अन्य व्यक्तिहरु मिलेर निर्घात कुटपिट गरेको सिसिटिभि फुटेजसहित बिहीबार सिधाकुराले समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । हामीसँगको कुराकानीका क्रममा वडाध्यक्ष कुट्ने बरिष्ठ सई सागर शमशेर जबराले आफू मदिराले मातेको समयमा उक्त घटना भएको र गल्ती भएको स्वीकार गर्दै पटक पटक समाचार प्रकाशन नगरिदिन आग्रह गरेका थिए । हामीले समाचार प्रकाशन तथा प्रसारण गरेपछि अहिले प्रहरीले जाहेरी दर्ता गरेको छ भने थप अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

लक्ष्मण गिरी सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको...
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।