नेभिगेशन
समाज

महायज्ञ गर्न दलितको घर भत्काएको प्रकरणः गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ

काठमाडौँ । सिरहामा महायज्ञ गर्न दलित परिवारको घर भत्काएको विषयमा २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र औरही–५ का पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरु दुवैजनालाई पक्राउ गरेर सिरहा प्रहरीमा राखिएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए । उनका अनुसार उनीहरु दुवैजनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो । 

Marvel
Extreme Energy

सिरहाको औरही ५ मा महायज्ञ लगाउने नाममा एक दलित परिवारको उठिबास बनाएर महायज्ञस्थल बनाइएको थियो । औरहीस्थित हुलाकी सडक छेउमा चैत १७ गते देखि विष्णु महायज्ञ लगाउने भन्दै बजरङ्गी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादवले दीपक मलिक डोमको घरनै भत्काइदिएका थिए ।

महायज्ञ स्थलमा दलित वरिपरि हिँडडुल समेत गर्न नहुने भन्दै दलितको घर भत्काएर, घर भएको जग्गाको माटो समेत फालिएको थियो । यो ठाउँमा पहिले स्थानीय दीपक डोमको परिवार ३० वर्षदेखि बस्दै आएका थिए । सरकारले जनता आवास कार्यक्रम मार्फत ५ वर्ष अघि मात्रै उनीहरूका लागि २ कोठे पक्की घर बनाइदिएको थियो । तर बजरङ्गी बाबालाई यही ठाउँमा विष्णु महायज्ञ लगाउन मन लागेपछि दिपकको परिवारको उठिबास लागेको छ । तर सो स्थानमा भएका अन्य व्यक्ति तथा समुदायका घर भने भत्काइएको छैन । 

बजरङ्गी बाबाको निर्देशन अनुसार फागुन १० गते गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर उनीहरूको घर भत्काइदिएका हुन् । यसका लागि पूर्व वडाध्यक्ष दिलीप यादवले समन्वय गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

आज राति करिब १ः४० बजे पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ. ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले ९ वटा पोकामा गाँजा फेला पारेको जनाएको छ ।
श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्री नै पक्राउ,  केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा थिए मन्त्री

श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्री नै पक्राउ, केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा थिए मन्त्री

पक्राउ परेका दुवै पूर्वमन्त्रीले केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा काम गरेका थिए।
ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा २ पूर्वमन्त्री र ४ कर्मचारी पक्राउ

ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा २ पूर्वमन्त्री र ४ कर्मचारी पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विकास गनाभाट समेतको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको मुद्दामा...
धरानबाट २०९ केजी गाँजासहित ५ जना पक्राउ

धरानबाट २०९ केजी गाँजासहित ५ जना पक्राउ

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता...