नेभिगेशन
समाज

काठमाडौँमा पाकेटमारः २७१ थान मोबाइल सहित ७ जना पक्राउ 

काठमाडौँ । काठमाडौँमा गुड्ने सार्वजनिक सवारी साधनहरुमा पाकेटमारी तथा चोर गर्ने ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी गरिएका २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब फेला परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेहरुमा काभ्रेको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुको सानागाउँ बस्ने ३५ वर्षीय प्रमोद परियार, खानीखोला गाउँपालिका(५ स्थायी घर भई हाल भक्तपुरको ठिमी बस्ने २६ वर्षीय गुनराज न्यौपाने छन्।

Ncell
Extreme Energy

त्यस्तै रौतहटको चन्द्रनिगाहपुर घर भई भक्तपुरको ठिमी बस्ने ३० वर्षीय  हेमन्त राना मगर, दोलखाको सैलुङ गाउँपालिका(६ स्थायी घर भई भक्तपुरको जगाती बस्ने २८ वर्षीय शम्भु विश्वकर्मा, जिल्ला सिन्धुपाल्चोकको मेलम्ची न।पा। ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राजेश चालिसे, दोलखा, कालिन्चोक गाउँपालकि( ५ स्थायी घर भई काठमाडौंको चावाहिल बस्ने वर्ष २१ को सबिन पाण्डे  र काठमाडौंको सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष २० को प्रकाश कट्‌वाल छन्।
 चैत ७ गते  बेलुका ६ बजे ठिमीबाट कोटेश्वरबाट आउँदै गरेको एउटा गाडीमा एकजनाले पाकेट मारेर भागेको सूचनापश्चात तत्काल परिचालित भएको प्रहरीले गिरोहनै पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । 
प्रहरीका अनुसार यसरी चोरी गरेको मोबाइल उनीहरुले  भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेका थिए । रिपेयरिङ सेन्टरका सञ्चालक पनि अहिले प्रहरी हिरासतमा छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।