नेभिगेशन
समाज

काठमाडौँमा पाकेटमारः २७१ थान मोबाइल सहित ७ जना पक्राउ 

काठमाडौँ । काठमाडौँमा गुड्ने सार्वजनिक सवारी साधनहरुमा पाकेटमारी तथा चोर गर्ने ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी गरिएका २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब फेला परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेहरुमा काभ्रेको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुको सानागाउँ बस्ने ३५ वर्षीय प्रमोद परियार, खानीखोला गाउँपालिका(५ स्थायी घर भई हाल भक्तपुरको ठिमी बस्ने २६ वर्षीय गुनराज न्यौपाने छन्।

Marvel
Extreme Energy

त्यस्तै रौतहटको चन्द्रनिगाहपुर घर भई भक्तपुरको ठिमी बस्ने ३० वर्षीय  हेमन्त राना मगर, दोलखाको सैलुङ गाउँपालिका(६ स्थायी घर भई भक्तपुरको जगाती बस्ने २८ वर्षीय शम्भु विश्वकर्मा, जिल्ला सिन्धुपाल्चोकको मेलम्ची न।पा। ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राजेश चालिसे, दोलखा, कालिन्चोक गाउँपालकि( ५ स्थायी घर भई काठमाडौंको चावाहिल बस्ने वर्ष २१ को सबिन पाण्डे  र काठमाडौंको सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष २० को प्रकाश कट्‌वाल छन्।
 चैत ७ गते  बेलुका ६ बजे ठिमीबाट कोटेश्वरबाट आउँदै गरेको एउटा गाडीमा एकजनाले पाकेट मारेर भागेको सूचनापश्चात तत्काल परिचालित भएको प्रहरीले गिरोहनै पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । 
प्रहरीका अनुसार यसरी चोरी गरेको मोबाइल उनीहरुले  भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेका थिए । रिपेयरिङ सेन्टरका सञ्चालक पनि अहिले प्रहरी हिरासतमा छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...