नेभिगेशन
समाज

रौतहटमा गएराति परेको असिना र पानीका कारण खेतिबाली ध्वस्त

रौतहट । रौतहटमा वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको चन्द्रपुर, बृन्दावनसहित उत्तरी भेगमा शनिबार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै, गहुँसहित अन्य  बालीमा बढी क्षति पुगेको स्थानीय किसान बिरेन्द्र चौधरीले बताए । चन्द्रपुर नगरपालिका वाड नं ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले ध्वस्त पारेको छ । 

Ncell
Extreme Energy

अबको एकदुई महिनापछी घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको उनको गुनासो छ । मकै खेती गर्दा विरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको बताए ।

balima-kshyati-2-1742627644.jpg

तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकैबाली नष्ट गरेको छ । वृन्दावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिना पानीले क्षति गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आँप, लिची, कटहर जस्ता बालीमा बढी क्षती गरेको कृषकहरुको भनाइ छ । आप र लिचीको मजुर फुल अर्थात बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षती पुगेको उनीहरु बताउँछन् ।

balima-kshyati-3-1742627644.jpg


 

कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नु पर्ने सुझाव दिएको छ ।

असिना पानीले खपडा, फुस, टाली घर पनि क्षती पुगेको स्थानीयले बताएका छन् । हिउँदे बर्षा र असिनाका कारण ईट्टामा पनि क्षति पुगेको व्यवसायीहरु बताउँछन् । असिना पानीले गरेको क्षतिका बारेमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कृषकहरुको माग छ ।

balima-kshyati-5-1742627644.jpg

balima-kshyati-1-1742627645.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।