नेभिगेशन
समाज

पुकार बमले पाए हार्वर्डमा फेलोसिप, नेपालको शिक्षा प्रणाली बलियो बनाउने संकल्प

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बमले हार्वर्ड विश्वविद्यालयबाट फेसोसिप पाएका छन् । बम हार्वर्ड केनेडी स्कूलको मास्टर इन पब्लिक एडमिनिस्ट्रेशन कार्यक्रममा एडवर्ड एस. मेसन फेलोको रूपमा स्वीकृत भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको विभिन्न क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका बल आफू प्रतिष्ठित संस्थाको हिस्सा बन्न पाउँदा गर्व महसुस गरेको बताउँछन् । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा पीएचडी अध्ययनरत उनी सो पढाईलाई त्यहीँ रोकेर हार्वर्ड जाने भएका छन् । त्यहाँ अध्ययन गरेर आफू नेपालको शिक्षा प्रणालीमा बलियो बनाउन फर्किने प्रतिबद्धता जनाएका छन् । ‘हार्वर्डमा अध्ययन गरेर म नेपालको शिक्षा प्रणाली बलियो बनाउन, सार्वजनिक सेवा प्रवाह सुधार गर्न, र विशेष गरी सीमान्तकृत समुदायहरूको उत्थानका निम्ति प्रभावकारी नीति निर्माणका लागि आवश्यक सीपहरू हासिल गर्नेछु।’, बमले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले त्यहाँ अध्ययन गरेर प्राप्त गरेको ज्ञानलाई नेपालको राजनीति, शिक्षा र समाज सेवाका क्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले हार्वर्ड विश्वविद्यालयमा विश्वभरका प्रख्यात प्राध्यापकहरू, नीति निर्माता, समाजमा परिवर्तन ल्याउने नेताहरू र विज्ञहरूसँग अध्ययन गर्ने अवसर पाउने छन् ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य र केन्द्रीय कमिटि सदस्य समेत रहेका बम विवेकशील नेपाली पार्टीका संस्थापक समेत हुन् । त्यस्तै उनी रास्वपा सरकारमा रहेका बेला रास्वपाबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठको सचिवालयमा रहेर काम गरेका थिए ।  

त्यस्तै उनले भूकम्पपछिको पुनर्निर्माण तथा राहत कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए भने कोभिड महामारीका क्रममा देशका विभिन्न स्थानमा पुगेर उद्धार तथा राहत वितरण गरेका थिए । ‘इनफ इज इनफ’ अभियानका अभियन्ताका समेत रहेका उनले ११ दिनसम्म सत्याग्रहसमेत गरेका थिए।

त्यस्तै उनले नेपाल खुल्ला छ अभियान, बालुवाटार कब्जा अभियान, २० विभिन्न डा. गोविन्द केसी अभियान, वातावरणीय जागरूकता अभियानहरू, सम्पदा संरक्षण अभियान, नोट चल्ने भोट नचल्ने, पर्याप्त छ पर्याप्त अभियान जस्ता लोकप्रिय सामाजिक आन्दोलनहरूको नेतृत्व गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।