नेभिगेशन
समाज

फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू

तुलसीपुर । दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायर उत्पादन गर्न सुरू भएको छ । दाङको राप्ती गाउँपालिका–२ पूण्यपुरमा प्लाष्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू गरिएको हो । 

पालिकाभित्रको प्लाष्टिकजन्य फोहरबाट यसरी मोहर बनाउने अभियानबमोजिम उक्त कार्य गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताए । फोहरमुक्त पालिका निर्माणका लागि इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरी उक्त कार्य गरिएको हो । 

साथै उहाँले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको जानकारी दिए। स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष विष्टको भनाइ छ । “यो नेपालमै पहिलोपटक फोहरलाई यस प्रकार वातावरणमैत्री उत्पादनमा रूपान्तरण गर्ने परियोजना हो”, उनले भने, “यसको सफलता भनेको स्थानीय सरकारहरूको क्षमतामा नयाँ युगको सुरूआत हो ।” 

साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि सुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

स्काउटले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम नतिरे जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी...
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...