नेभिगेशन
समाज

फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू

तुलसीपुर । दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायर उत्पादन गर्न सुरू भएको छ । दाङको राप्ती गाउँपालिका–२ पूण्यपुरमा प्लाष्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पालिकाभित्रको प्लाष्टिकजन्य फोहरबाट यसरी मोहर बनाउने अभियानबमोजिम उक्त कार्य गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताए । फोहरमुक्त पालिका निर्माणका लागि इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरी उक्त कार्य गरिएको हो । 

Ncell
Extreme Energy

साथै उहाँले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको जानकारी दिए। स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष विष्टको भनाइ छ । “यो नेपालमै पहिलोपटक फोहरलाई यस प्रकार वातावरणमैत्री उत्पादनमा रूपान्तरण गर्ने परियोजना हो”, उनले भने, “यसको सफलता भनेको स्थानीय सरकारहरूको क्षमतामा नयाँ युगको सुरूआत हो ।” 

साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि सुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।