नेभिगेशन
समाज

संविधान विरोधी कुनै पनि गतिविधि सह्य हुँदैनः संविधानसभा परिषद

काठमाडौँ । संविधानसभा परिषद नेपालले संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद नेपालले संविधानको संरक्षण सम्वद्र्धन र विकास गर्न प्रतिवद्ध रहने दृढ संकल्प रहेको भन्दै संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो । नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सवै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवि एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद नेपालले उल्लेख गरेको छ ।

Ncell
Extreme Energy

त्यस्तै भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरु जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद नेपालकी सह–अध्यक्ष कल्पना धमलाले बताइन् । उनले जनताको अपेक्षा अनुसार सवै पक्षसंग बृहत छलफल गरि संविधानमा रहेका कमीकमजोरीलाई हटाई आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राखिन् ।
त्यस्तै पछिल्लो समय केहि समूहद्वारा संविधानको भावना विपरित गतिविधि गरिरहेको भन्दै घोर भत्र्सना गरिएको उनले बताइन् । संवैधानिक व्यवस्थामाथिको हमलाबिरुद्ध सवै एकजुट हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै संविधानसभा परिषद नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधानबिपरितको कुनै पनि गतिविधि स्वीकार्य नहुने जिकिर गरे । अहिलेको परिस्थीतिप्रति दलहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

संविधानसभा परिषद नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्‍यवस्थाको रक्षा गर्न पनि अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।