नेभिगेशन
समाज

संविधान विरोधी कुनै पनि गतिविधि सह्य हुँदैनः संविधानसभा परिषद

काठमाडौँ । संविधानसभा परिषद नेपालले संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद नेपालले संविधानको संरक्षण सम्वद्र्धन र विकास गर्न प्रतिवद्ध रहने दृढ संकल्प रहेको भन्दै संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो । नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सवै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवि एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद नेपालले उल्लेख गरेको छ ।

त्यस्तै भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरु जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद नेपालकी सह–अध्यक्ष कल्पना धमलाले बताइन् । उनले जनताको अपेक्षा अनुसार सवै पक्षसंग बृहत छलफल गरि संविधानमा रहेका कमीकमजोरीलाई हटाई आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राखिन् ।
त्यस्तै पछिल्लो समय केहि समूहद्वारा संविधानको भावना विपरित गतिविधि गरिरहेको भन्दै घोर भत्र्सना गरिएको उनले बताइन् । संवैधानिक व्यवस्थामाथिको हमलाबिरुद्ध सवै एकजुट हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै संविधानसभा परिषद नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधानबिपरितको कुनै पनि गतिविधि स्वीकार्य नहुने जिकिर गरे । अहिलेको परिस्थीतिप्रति दलहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

संविधानसभा परिषद नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्‍यवस्थाको रक्षा गर्न पनि अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

स्काउटले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम नतिरे जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी...
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...