नेभिगेशन
मुख्य समाचार

३ दलका शिर्ष नेताहरुको छलफलमा के भयो ?

काठमाडौँ । तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी बैठकमा सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ । 

आजको छलफल बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा मात्र केन्द्रित रहेको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेलले जानकारी दिए । ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ दफा ३ को उपदफा ३ बमोजिम  दुबै आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका लागि सिफारिस समिति (सर्च कमिटी) गठन प्रक्रिया अगाडि बढाउन परामर्श गरेको छ ।’ खरेलले भने, ‘अब सिफारिस प्रक्रिया अगाडि बढ्छ ।’ 

उक्त छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरु सहभागी थिए । 

उनका अनुसार दुई ओटै आयोग गठनको निम्ती बनेको सिफरिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदनलाई पनि आजको छलफलमा पेश गरिएको छ । दलहरुको बीचमा एउटा सहमति गरेर जाने विगतको परम्परा जस्तै नै एसपटक पनि तीन दलका नेताहरु बसेर छलफल खरेलले बताए । 

आजको बैठकमा राजावादीको पछिल्ला गतिबिधिबारे कनै छलफल नभएको उनले जानकारी दिए । खरेलका अनुसार आजको छलफलका विषयमा यो विषय समावेश नै थिएन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...
सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

जेनजी आन्दोलनका अभियन्ता डा। निकोलस भुसाल पक्राउ गरेकोमा उनले गृहमन्त्री अर्यालसँग असन्तुष्टि पोखेका छन् । निकोलस भुसाल र एमाले नेता महेश बस्नेतको अभिव्यक्ति एकै प्रकृतिको भए पनि गृहमन्त्री...

भर्खरै