नेभिगेशन
समाज

३ दलका शिर्ष नेताहरुको छलफलमा के भयो ?

काठमाडौँ । तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी बैठकमा सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको छलफल बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा मात्र केन्द्रित रहेको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेलले जानकारी दिए । ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ दफा ३ को उपदफा ३ बमोजिम  दुबै आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका लागि सिफारिस समिति (सर्च कमिटी) गठन प्रक्रिया अगाडि बढाउन परामर्श गरेको छ ।’ खरेलले भने, ‘अब सिफारिस प्रक्रिया अगाडि बढ्छ ।’ 

Ncell
Extreme Energy

उक्त छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरु सहभागी थिए । 

उनका अनुसार दुई ओटै आयोग गठनको निम्ती बनेको सिफरिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदनलाई पनि आजको छलफलमा पेश गरिएको छ । दलहरुको बीचमा एउटा सहमति गरेर जाने विगतको परम्परा जस्तै नै एसपटक पनि तीन दलका नेताहरु बसेर छलफल खरेलले बताए । 

आजको बैठकमा राजावादीको पछिल्ला गतिबिधिबारे कनै छलफल नभएको उनले जानकारी दिए । खरेलका अनुसार आजको छलफलका विषयमा यो विषय समावेश नै थिएन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...