नेभिगेशन
मुख्य समाचार

सरकारले कुलमानलाई हटाएपछि प्रचण्ड भन्छन्ः आपत्तिजनक निर्णय, बहुमतको दम्भ देखियो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डले सरकारको निर्णयका भत्र्सना गरेका हुन्।


उनले लेखेको छन्,‘देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन जनमा जानकारी छ’ प्रचण्डले भनेका छन्, ‘उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो।’


 सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप पनि लगाउँदै प्रचण्डले भनेका छन्,‘सरकारले मन्त्रिपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, ‘आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...
सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

जेनजी आन्दोलनका अभियन्ता डा। निकोलस भुसाल पक्राउ गरेकोमा उनले गृहमन्त्री अर्यालसँग असन्तुष्टि पोखेका छन् । निकोलस भुसाल र एमाले नेता महेश बस्नेतको अभिव्यक्ति एकै प्रकृतिको भए पनि गृहमन्त्री...

भर्खरै