नेभिगेशन
समाज

सरकारले कुलमानलाई हटाएपछि प्रचण्ड भन्छन्ः आपत्तिजनक निर्णय, बहुमतको दम्भ देखियो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डले सरकारको निर्णयका भत्र्सना गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उनले लेखेको छन्,‘देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन जनमा जानकारी छ’ प्रचण्डले भनेका छन्, ‘उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो।’

Ncell
Extreme Energy


 सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप पनि लगाउँदै प्रचण्डले भनेका छन्,‘सरकारले मन्त्रिपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, ‘आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ई-पासपोर्ट छपाई खरिद ठेक्का अनियमितता प्रकरणमा प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् ।
पोखरा पुगे प्रधानमन्त्री शाह,  मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने

पोखरा पुगे प्रधानमन्त्री शाह, मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने

प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ लागेका छन् । उनी गाडीबाटै पोखरातर्फ प्रस्थान गरेका छन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिकबारे सुझाव पेस गर्न प्रधानमन्त्रीले सांसद सुरेन्द्र चौधरीलाई दिए जिम्मा

लाल आयोगको प्रतिवेदन सार्वजनिकबारे सुझाव पेस गर्न प्रधानमन्त्रीले सांसद सुरेन्द्र चौधरीलाई दिए जिम्मा

थारू सांसदहरूले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी थारू समुदायका विभिन्न मुद्दाबारे छलफल गरेका छन् ।
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।

भर्खरै