नेभिगेशन
मुख्य समाचार

 निमुखा चेपाङको बस्तीमा बत्ती बाल्दै थिए कुलमान, उनलाई हटाउने निर्णयमा हस्ताक्षर गर्दै थियो सरकार 

मकवानपुर । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो । यसका लागि उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । 


यता सरकारले प्राधिकरणबाट कुलमानलाई हटाउने निर्णय गर्दैगर्दा कुलमान भने मकवानपुर पुगेर विपन्न चेपाङहरूको घर झिलिमिली पार्दै थिए । 

 

सोमबार उनले मकवानपुरको राक्सिराङ गाउँपालिका ९ खैराङस्थित चेपाङबस्तीसहित सिंगो पालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे । सोमबार बिहान ७ः३० बजेको फ्लाइटमा चितवन पुगेका कुलमान त्यहाँबाट गाडीमा खैराङ पुगेका थिए ।

स्थानीयले बाजागाजासहित उनको स्वागत गरे । कार्यक्रम सकेर कुलमान पुनः भरतपुर हुँदै साँझ ५ बजेको फ्लाइटमा काठमाडौं फर्किएका थिए । साँझ ६ बजे कार्यालय आइपुगेका उनी राति ८ बजेसम्म मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनेबेलासम्म कार्यालयमै थिए । 


आफूलाई औपचारिकरुपमा कुनै जानकारी नआएपनि संचार माध्यत तथा अनौपचारिक तवरबाट निर्णय भएको जानकारी पाएको कुलमान बताउँछन् । निर्णयपत्र प्राप्त भएपछि कानुनी उपचारमा जाने उनको तयारी रहेको छ । 


मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ खैराङस्थित चेपाङ बस्तीमा सोमबार ७० वर्षीया तुलकुमारी चेपाङको घरको विद्युत् मिटर ‘अन’ गरेर बत्ती बाल्दै कुलमान । तस्बिर:अञ्जली थापाररासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...
सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

जेनजी आन्दोलनका अभियन्ता डा। निकोलस भुसाल पक्राउ गरेकोमा उनले गृहमन्त्री अर्यालसँग असन्तुष्टि पोखेका छन् । निकोलस भुसाल र एमाले नेता महेश बस्नेतको अभिव्यक्ति एकै प्रकृतिको भए पनि गृहमन्त्री...

भर्खरै