नेभिगेशन
समाज

 निमुखा चेपाङको बस्तीमा बत्ती बाल्दै थिए कुलमान, उनलाई हटाउने निर्णयमा हस्ताक्षर गर्दै थियो सरकार 

मकवानपुर । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो । यसका लागि उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


यता सरकारले प्राधिकरणबाट कुलमानलाई हटाउने निर्णय गर्दैगर्दा कुलमान भने मकवानपुर पुगेर विपन्न चेपाङहरूको घर झिलिमिली पार्दै थिए । 

Ncell
Extreme Energy

 

सोमबार उनले मकवानपुरको राक्सिराङ गाउँपालिका ९ खैराङस्थित चेपाङबस्तीसहित सिंगो पालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे । सोमबार बिहान ७ः३० बजेको फ्लाइटमा चितवन पुगेका कुलमान त्यहाँबाट गाडीमा खैराङ पुगेका थिए ।

स्थानीयले बाजागाजासहित उनको स्वागत गरे । कार्यक्रम सकेर कुलमान पुनः भरतपुर हुँदै साँझ ५ बजेको फ्लाइटमा काठमाडौं फर्किएका थिए । साँझ ६ बजे कार्यालय आइपुगेका उनी राति ८ बजेसम्म मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनेबेलासम्म कार्यालयमै थिए । 


आफूलाई औपचारिकरुपमा कुनै जानकारी नआएपनि संचार माध्यत तथा अनौपचारिक तवरबाट निर्णय भएको जानकारी पाएको कुलमान बताउँछन् । निर्णयपत्र प्राप्त भएपछि कानुनी उपचारमा जाने उनको तयारी रहेको छ । 


मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ खैराङस्थित चेपाङ बस्तीमा सोमबार ७० वर्षीया तुलकुमारी चेपाङको घरको विद्युत् मिटर ‘अन’ गरेर बत्ती बाल्दै कुलमान । तस्बिर:अञ्जली थापाररासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...