नेभिगेशन
समाज

डिजिटल बोर्डमा ओलीविरुद्ध नारा देखिएपछि एमालेका कार्यकर्ताले कुटे प्राधिकरणका प्रमुख, कार्यकक्ष तोडफोड

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि हातपात गरेका छन् । बोर्डमा आफ्ना अध्यक्षविरुद्ध आपत्तिजनक नारा लेखिएको भन्दै उनीहरुले कार्यकक्षमै पुगेर  प्रमुख रामु श्रेष्ठमाथि हातपात गरेका छन् भने कार्यकक्ष तोडफोड समेत गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी निकट युवा संगठन युवा संघले श्रेष्ठमाथि हातपात गरेको हो । उक्त विषयमा युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारी भने श्रेष्ठकै कारण तोडफोड गर्नुपर्ने अवस्था आएको बताए । 

Ncell
Extreme Energy

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारको आलोचना भइरहेका बेला नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बोर्डमा ‘केपी चोर देश छोड’जस्ता आपत्तीजनक शब्द डिस्प्ले भएको थिए । उक्त विषयमा वितरण केन्द्रले सो बोर्ड ह्याक भएर त्यस्ता नारा राखिएको बताएको थियो । 

घटना बाहिरिएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले वितरण केन्द्र प्रमुखलाई २४ घण्टे स्पष्टिकरण सोधेका छन् । 

उता वितरण केन्द्रको डिस्प्ले बोर्डमा आफ्ना अध्यक्षविरुद्ध आपत्तीजनक शब्द लामो समय सम्म प्रसारण भएपछि आक्रोशित नेकपा एमालेका नेता कार्यकर्ताले कार्यालय प्रमुखमाथि हातपात गरेका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।