नेभिगेशन
समाज

माओवादीलाई काउन्टर दिन दुर्गा प्रसाईँले गर्ने आन्दोलनमा अर्का राजावादी नवराज सुवेदीको समर्थन

काठमाडौँ । दुर्गा प्रसाईँले आगामी चैत १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनमा अर्का राजावादी नवराज सुवेदीले समर्थन जनाएका छन् । राजसंस्था पुनःस्थापनाको मागसहित गर्ने भनिएको प्रदर्शनमा आफू नेतृत्वको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समितिको समर्थन रहेको सुवदीले जनाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार एक विज्ञप्ति जारी गर्दै सुवेदीले प्रसाईँले गर्ने भनिएको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको र सो प्रदर्शनमा उपस्थित हुन आह्वन गरेका छन् । त्यस्तै उनले आगामी दिनमा राजसंस्था पुनःस्थापनाका लागि विशेषत काठमाडौँमा हुने सबै प्रदर्शनमा आफूहरुको पूर्ण साथ, सहयोग र समर्थन रहने जनाएका छन् । 

Ncell
Extreme Energy

‘आउँदो शुक्रबार राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आम सर्वसाधारण राजनीतिक पार्टी र समूहहरुलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्छु । देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन’, सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

पछिल्लो समय राजावादीहरुको क्रियाकलाप अस्वभाविक रहेको भन्दै माओवादी केन्द्रले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । उसले गणतन्त्रका पक्षमा माहोल देखाउन आफूहरु नागरिकलाई सडकमा उतार्ने बताएको छ । उता प्रसाईँ नेतृत्वको समूहले माओवादीको सोही प्रदर्शनलाई काउन्टर दिन प्रदर्शन मिति तोकेको छ । जसमा अन्य राजावादी समूहले समेम समर्थन जनाउने क्रम जारी छ । 

NABARAJ-SUBEDI-RAJABADI-1742898858.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्रको...
देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

विद्युतीय राहदानी छपाइमा भएको घोटालाको छानबिन अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले लिएको पहलकदमीमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

प्रतिनिधि सभामा आज ८ जना मन्त्रीले आगामी आर्थिक वर्षको बजेटअन्तर्गत आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।