नेभिगेशन
मुख्य समाचार

आँखा उपचार गर्न नेपाल आउँछन् भारत देखि बङ्गलादेशका बिरामी

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले बताए ।

सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छभने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिल्लीबजार कारागारबाट रिहा भए दुर्गा प्रसाईँ

डिल्लीबजार कारागारबाट रिहा भए दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो ।
कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिए । गत वर्षको नतिजामा...
दुर्गा प्रसाईँलाई लिन कारागार पुगे कांग्रेस नेता सुनिल शर्मा

दुर्गा प्रसाईँलाई लिन कारागार पुगे कांग्रेस नेता सुनिल शर्मा

दुर्गा प्रसाईँलाई लिन नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् । प्रसाईँ भित्री प्रक्रिया पुरा गरेर आजै निस्कने तयारीमा छन् ।
दुर्गा प्रसाईँ आजै छुट्दै

दुर्गा प्रसाईँ आजै छुट्दै

पाटन उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि दुर्गा प्रसाईँ आजै छुट्ने भएका छन् । उनलाई अहिले अदालतबाट कारागार लगिएको छ । प्रक्रिया पुरा गरेर आजै निस्कने तयारी गरिएको...