नेभिगेशन
मुख्य समाचार

भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धन दलहरूको बैठकले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयकका रूपमा ल्याउने सहमति गरेको छ ।

सरकारले  ल्याएका ६  अध्यादेश मध्ये प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट ५ वटा अध्यादेश पारित भएका थिए । तर भूमि अध्यादेशमा भने सरकार रोकिएको थियो । 

बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भूमि अध्यादेश निष्क्रिय पार्ने र त्यसलाई विधेयकका रूपमा ल्याउने सहमति भएको नेताहरुले बताएका छन् । 
छलफलमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार...
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।
विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।
तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने...