नेभिगेशन
समाज

कुलमान हटाएको विषयमा बिपक्षी दलले विरोध गरेपछि राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ । बिपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बैठक सुरु हुने बितिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिएका थिए । उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका आधारमा हटाइएको भन्दै आपत्ती जनाए । 

Ncell
Extreme Energy

सरकारको क्रियाकलापले परिवर्तनलाई पछि फर्काउने शक्तिलाई बल पुगेको उनले बताए । पुरस्कृत गर्नुपर्ने व्यक्तिलाई सरकारले दण्डित गरेको भन्दै उनले भत्र्सना गरे ।  उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए । 

सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष दाहालले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । तर सांसदहरुले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगीत गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...