नेभिगेशन
समाज

कुलमान हटाएको विषयमा प्रधानमन्त्रीले रोष्ट्रमबाट जवाफ नदिएसम्म संसद चल्दैनः प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न नदिने बताएका छन् । उनले प्रधानमन्त्रीले यसलाई सहज रुपमा लिनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले उनले यस्तो बताएका हुन् । ‘उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ’, प्रचण्डले भने । 

Ncell
Extreme Energy

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकराण्का कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलको अवरोधपछि सभामुखले बैठक केही समयका लागि स्थगन गरेका छन् । 

त्यसपछि सभामुखले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पाँच दलका नेताहरुसँग छलफल गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...