नेभिगेशन
समाज

कुलमान हटाएको विरोधमा स्थगित भएको संसद बैठक पुनः स्थगित, अर्काे बैठक १४ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभा बैठक दोस्रो पटक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै विरोध गरेपछि संसद बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक चैत १४ गतेलाई बस्ने गरि स्थगित भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


बुधबार बिहान भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले सो विषयमा सरकारको चित्त बुझ्दो जवाफ नभएसम्म बैठक चल्न नदिने अडान कसेपछि सभामुखले बैठकलाई आधा घण्टा स्थगित गरेका थिए । आधा घण्टा स्थगित भनिएको संसद बैठक करिब ४ घण्टापछि सुरु भएको थियो । तर सो बैठकमा समेत प्रतिपक्षी दलहरुले आफ्नो अडानलाई निरन्तरता दिएपछि आजको लागि बैठक स्थगित भएको हो । 

Ncell
Extreme Energy


सरकारले सोमबार बसेको मन्त्रीपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो । सोही विषयमा सदन र सडकमा विरोध भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।