नेभिगेशन
समाज

कुलमान हटाएको विरोधमा स्थगित भएको संसद बैठक पुनः स्थगित, अर्काे बैठक १४ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभा बैठक दोस्रो पटक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै विरोध गरेपछि संसद बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक चैत १४ गतेलाई बस्ने गरि स्थगित भएको हो । 


बुधबार बिहान भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले सो विषयमा सरकारको चित्त बुझ्दो जवाफ नभएसम्म बैठक चल्न नदिने अडान कसेपछि सभामुखले बैठकलाई आधा घण्टा स्थगित गरेका थिए । आधा घण्टा स्थगित भनिएको संसद बैठक करिब ४ घण्टापछि सुरु भएको थियो । तर सो बैठकमा समेत प्रतिपक्षी दलहरुले आफ्नो अडानलाई निरन्तरता दिएपछि आजको लागि बैठक स्थगित भएको हो । 


सरकारले सोमबार बसेको मन्त्रीपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो । सोही विषयमा सदन र सडकमा विरोध भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...