नेभिगेशन
समाज

उर्जामन्त्री लक्षित सुमनाको प्रश्नः ‘कहाँबाट हुन्छ यस्तो सांसद र मन्त्री ?’

काठडमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उर्जामन्त्री दीपक खड्का मन्त्री बन्न लायक नै नभएको बताएकी छिन् । बैठक स्थगित भएपछि संसद भवनबाट निस्कने क्रममा सञ्चारर्मीलाई प्रतिक्रिया दिदै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा लोडसेडिङ हटाएको विषयमा भारतलाई धन्यवाद दिनुपर्छ भन्ने उर्जामन्त्री दीपक खड्काको अभिव्यक्तिको कटाक्ष गरिन् । खड्काले संसदमा दिएको अभिव्यक्ति सम्झदै उनले भनिन्, ‘लोडसेडिङ हटाएकोमा भारतलाई धन्यवाद दिनुपर्छ रे । कहाँबाट आउँछ के यस्तो बुद्धि ?  कहाँबाट हुन्छ यस्तो मन्त्री ? कहाँबाट हुन्छ यस्तो सांसद ? यिनीहरु नेता बन्न लायकका मान्छे नै हैनन् ।’

Ncell
Extreme Energy

ढिलागरी सुरु भएको आजको संसद बैठक विपक्षी दलको अवरोधपछि आधा घण्टाको लागि स्थगित भएको थियो । विपक्षी दलहरुले कुलमान हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै उनीहरुले बैठक अवरोध गरेका थिए । त्यसपछि ३ बसेको बैठकमा पनि विपक्षी दलले अवरोध कायमै राखेपछि १४ गते बस्नेगरी बैठक स्थगित भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...