नेभिगेशन
मुख्य समाचार

आजको मौसमः देशका अधिकांश भागमा सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको  मौसम  सफा रहेको छ । 

विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम  सफा रहनेछ । कोशी र  गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । 

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले  त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार...
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।
विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।
तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने...